८ वैशाख २०८१ शनिबार
समाज

दुई छोरालाई विष खुवाएर सर्लाहीमा पुनः अर्की आमाद्वारा आत्महत्या

सर्लाही– सर्लाहीको पिपरीयामा तीन छोरीलाई विष खुवाएर एक आमले आत्म हत्या गरेको घटनाको तीन दिनपछि फेरी अर्की एक आमाले दुई छोरालाई विष खुवाएर आत्महत्या गरेकी छन्।

सर्लाहीको बरहथवा–११ हिरापुरमा किरान पसल गर्दै आएकी २२ वर्षीया सविता पालले बिहीबार दिउँसो ५ वर्षीया अमन पाल र ३ वर्षीय प्रिन्स पाललाई विष खुवाएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ।

विष सेवनबाट २२ वर्षीया सविता र ५ वर्षीय अमनको मृत्यु भएको र ३ वर्षीय प्रिनसको अवस्था चिन्ता जनक रहेको सर्लाहीका प्रहरी नायव उपरीक्षक सीताराम रिजालले बताए। प्रिन्सलाई उपचारका लागि वीरगन्ज पठाइएको छ। महिलाले  ‘ब्लुम’ नामक विषादी सेवन गरेको प्रहरीले जनाएको छ। विष सेवन गर्नुको कारण खुल्न सकेको छैन।

यसअघि  पुष १८ गते सोमबार ४ बजे घरको ढोका बन्द गरी पिपरिया–३ की ३० वर्षीया गुन्द्र देवीले १३ वर्षीया पूजा कुमारी, १० वर्षीया चन्दा कुमारी, ३ वर्षीया राधा कुमारीलाई  विष खुवाएर आफूले समेत विष खाई आत्महत्या गरेकी थिइन्।
 
विष सेवनबाट ३० वर्षीया गुन्द्रदेवी र १० वर्षीया चन्दा कुमारीको मृत्यु भएको थियो। विष सेवनबाट असक्त भएकी १३ वर्षीया पुजा कुमारी र ३ वर्षीया राधाकुमारीको उपचार नेशनल मेडिकल अस्पतालमा उपचार भइरहेको छ।

प्रारम्भीक अनुसन्धानको क्रममा गरिबीका कारण आत्महत्या भएको देखिन आएको घटना स्थाल पुगेका प्रहरी नायव उपरीक्षक सीताराम रिजालले बताए।  

प्रकाशित: २१ पुस २०७३ ११:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App