coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

करेलीकाँडाबाट फर्कियो चिकित्सक टोली

डोल्पा – रुघा–खोकी तथा ज्वरो प्रभावित क्षेत्र डोल्पाको करेलीकाँडाका बासिन्दाको अवस्था उपचारपछि सामान्य हुँदै गएको छ। त्रिपुरासुन्दरी नगरपालिका–१ करेलीकाँडा गाउँमा फागुनको पहिलो साताबाट फैलिएको मौसमी रुघाखोकी र ज्वरोले एकै गाउँका ८० जनाभन्दा बढी बिरामी परेका थिए। ५७ घरधुरी रहेको करेलीकाँडामा झन्डै ४५ घरका बालबालिकार वृद्धवृद्धा गरी ८० जनाभन्दा बढी बिरामी परेका हुन।करेलीकाँडाका बासिन्दामा देखिएको रुघाखोकी ज्वरो टाउको दुख्ने पखाला लाग्ने र रिंगटा लाग्ने लक्षण र विश्वभर फैलिएको कोरोना भाइरसको लक्षण मिल्दोजुल्दो भएपछि कतै कोरोनाको भाइरस त होइन भन्ने आशंकाले करेलीकाँडामात्र नभई जिल्लाभर नै सनसनीको अवस्था सिर्जना भएको थियो।रुघाखोकी र ज्वरोले गाउँ नै थला परेको समाचार सार्वजनिक भएपछि रोग प्रभावित क्षेत्रमा फागुन १९ बाट त्रिपुराकोट स्वास्थ्य चौकीका इन्चार्ज अहेब शेरबहादुर कठायतको नेतृत्वमा प्राथमिक उपचार सुरु गरिएको थियो। तर पर्याप्त औषधिर विशेषज्ञ चिकित्सकको अभावमा उपचारमा ढिलाइ भएको थियो। बुधबारमात्र रोग प्रभावित क्षेत्रका विशेषज्ञ टोली पुगी बरामीहरूको खकार, -याल, दिशा–पिसाबसहित रगतको नमुना संकलन गरेको थियो। प्रदेश अस्पताल सुर्खेतका डाक्टर इन्द्रबहादुर थापा, ल्याब टेक्निसियन कमलकुमार थापा र जिल्ला अस्पताल दुनैका डाक्टर मेलिना हमालसहितको चिकित्सक टोली आवश्यक औषधिसहित सेनाको हेलिकोप्टरमार्फत प्रभावित क्षेत्रमा पुगेको थियो। जिल्ला अस्पताल डोल्पाका प्रमुख डाक्टर सिजन रावलले मिडियामा भनिएजस्तो जटिल अवस्था नभएको र मौसमी रुघाखोकी र ज्वरोले निमोनियासमेत भएको पाइएकाले विशेष उपचारपछि बिरामीको अवस्था सामान्य हुँदै गएको बताए। उनक अनुसार सामान्य बिरामीलाई गाउँमा आवश्यक औषधि उपचार भइरहेको छ भने निमोनिया देखिएका बिरामीलाई स्वास्थ्य केन्द्रमा रिफर गरिएको छ। जिल्लाकै डाक्टर मेलिना हमालको नेतृत्वमा बिरामीहरूको उपचार भइरहेको थियो। बिरामीहरूको अवस्था सामान्य हुँदै गएपछि डाक्टर हमाल, प्रदेश अस्पतालका डाक्टर इन्द्रबहादुर थापासहितको चिकित्सक टोली बिहीबार साँझ रोग प्रभावित क्षेत्रबाट फर्केको छ। मानिसमा सिर्जित भ्रम हटाउन ¥याल, खकार, दिशा–पिसाब र रगतको नमुना ल्याब परीक्षणका लागि संकलन गरिएकोले कुन रोग, के कारणले लागेको हो भन्ने परीक्षणपछि मात्र थाहा हुने डाक्टर सिजन रावलले बताए।

संकलित नमुना काठमाडौं पुग्यो
रोग प्रभावित क्षेत्रमा पुगेर प्रदेश अस्पतालका डाक्टर इन्द्रबहादुर थापा र ल्याब टेक्निसियन कमलकुमार थापासहितको टोलीले बिरामीको खकार, -याल, दिशा–पिसाबसहित रगतको नमुना संकलन गरेको थियो। संकलित नमुना लिएर ल्याब टेक्निसियन कमलकुमार थापा बुधबार फर्केका थिए। बुधबार नै कर्णाली प्रदेशको राजधानी सुर्खेत लगिएको संकलित नमुना परीक्षणका लागि बिहीबार काठमाडौंस्थित टेकु अस्पतालमा पठाइने योजना थियो। तर बुधबार प्रतिकुल मौसमका कारण सुर्खेत–काठमाडौं उडान हुन नसकेपछि बिहीबार बिहानमात्र टेकु पठाइएको थियो।परीक्षणका लागि पठाइएको नमुनाको रिपोर्ट शुक्रबारसम्म आइपुग्ने डोल्पा जिल्ला अस्पताल प्रमुख डाक्टर सिजन रावलले जानकारी दिए। यसैबीच, विश्वभर फैलिएको कोरोना भाइरसका कारण पूर्वसतर्कता अनाउँदै जगदुल्ला र मुडकेचुला गाउँपालिकाले अवस्था सामान्य नहुँदासम्म पालिकास्तर गरिने सम्पूर्ण सार्वजनिक कार्यक्रम स्थगित गरिएको जनाएका छन।

प्रकाशित: २३ फाल्गुन २०७६ ०२:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App