८ वैशाख २०८१ शनिबार
राजनीति

एमालेले हजाराैं मोटरसाइकल सडकमा उतार्याे, राजधानीको सवारी अस्तव्यस्त

एमालेले बिहीबार राजधानीमा निकालेकाे माेटरसाइक र्यालीमा सहभागी कार्यकर्ता। तस्बिर: कृष्ण ढुंगाना

काठमाडौं– नेकपा एमालेले बिहीबार अपरान्ह राजधानीमा हजाराैं हजार मोटरसाइकल एकैपटक सडकमा गुडाएर र्याली प्रर्दशन शुरू गरेकाे छ। संविधान संशोधन प्रस्तावको विरोधमा २२ गते आयोजना गरिने जनप्रदर्शनको पूर्व तयारीस्वरुप २१ गते राजधनीमा मोटरसाइकल र्याली आयोजना गरेको एमालेले जनाएको छ। र्यालीमा १० हजारभन्दा बढी माेटरसाइकल सडकमा उतारिएकाे एमालेकाे दाबी छ।

उक्त माेटरसाइकल र्याली भृकुटी मण्डपबाट शुरु भएर भद्रकाली–त्रिपुरेश्वर–थापाथली–जाउलाखेल–सातदोबाटो–कोटेश्वर–सिनामंगल–बत्तीसपुतली–डिल्लिबजार–बागबजार हुँदै रत्नपार्क आएर समापन हुने एमाले सचिव योगेश भट्टराईले जानकारी दिएका छन्।

‘२२ गते एमालेले आयोजना गरेको जनप्रदर्शनको तयारीस्वरुप २१ गते विशाल मोटर साइकल र्याली आयोजना गर्न लागिएको हो,’ उनले दाबी गरे, ‘सायद यो र्याली एसियाकै ठूलो मोटरसाइकल र्याली हो।’

मोटरसाइकल र्यालीका कारण राजधानीको सडक यातायात भने अस्तव्यस्त बनेको छ। सवारी व्यवस्था प्रभावित भएको स्वीकार गर्दै सचिव भट्टराईले सर्वसाधारणलाई पुगेको असुविधाप्रति क्षमा याचना गरेका छन्।

प्रकाशित: २१ पुस २०७३ ०९:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App