८ वैशाख २०८१ शनिबार
समाज

जीप दुर्घटनामा बाह्र घाइते

पाल्पा–बन्दीपोखरा–८ सम्मोबारी पाल्पामा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । बिहीबार दिउँसो लु १ ज १६८९ नम्बरको जीपसँग लु २० प ३९२९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।

विपरित दिशाबाट आएको जीपसँग मोटरसाइकलले ट्रकलाई ओभरटेक गर्ने क्रममा दुवै एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको जीप र गुल्मीबाट पाल्पातर्फ आउँदै गरेको मोटरसाईकल एकआपसमा ठोक्किँदा दिँदा जीप सडकबाट ६० मीटर तल खसेको छ । दुर्घटनामा परी घाईते हुनेहरुको लुम्बिनी मेडिकल कलेज प्रभाषमा उपचार भैरहेको छ । दुर्घटनामा मोटरसाईकलमा सवार एकको खुट्टा भाँचिएको छ । दुर्घटनाका घाईतेहरुको अवस्था सामान्य रहेको मेडिकल कलेजले जनाएको छ ।  
 

प्रकाशित: २१ पुस २०७३ ०९:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App