कर्मचारीलाई प्रोत्साहन भत्ता दिने सरकारको निर्णय

बिहिबार, २१ पुष २०७३, १५ : ०८ नागरिक

काठमाडौँ-सरकारले तोकिएको समयावधिभन्दा बढी सेवा (काम) गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने भएको छ । मन्त्रिपरिषद्को आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले तोकिएको समयावधिभन्दा बढी सेवा गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले बैठकमा सङ्घ, प्रदेश, स्थानीय तहका कार्यविस्तृतीकरण, अधिकार सूचीका बारेमा व्यापक छलफल भई यसलाई मन्त्रिपरिषद्अन्तर्गतको आर्थिक पूर्वाधार समितिमा पठाउने निर्णय गरेको सञ्चारकर्मीलाई जानकारी दिए।

वनसंरक्षक शाहीलाई सहिद घोषणा

हालै ताप्लेजुङको खोकलिङमा हत्या गरिएका वनरक्षक गणेशबहादुर शाहीलाई सहिद घोषणा गर्ने र उहाँको परिवारलाई रु १० लाख दिने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको छ ।

जाजरकोट निवासी शाहीको वन संरक्षणका क्रममा नै वीभत्स हत्या भएको थियो । यसैगरी बैठकले खेल प्रशिक्षक वासुदेव भट्टराई (बाँके) र जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख कर्णबहादुर खड्काका परिवारजनलाई जनही रु १० लाख आर्थिक सहायता दिने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए। प्रशिक्षक भट्टराई र कार्यालय प्रमुख खड्काको हालै खेलकुद प्रतियोगितामा भाग लिन जाने क्रममा निधन भएको उनले जानकारी दिए।

यसैगरी बैठकले काठमाडौँको बूढानीलकण्ठ नजिक राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योगसेवा केन्द्र स्थापना , एकीकृत सहरी विकास समिति गठन, टर्कीको राजधानी इस्तानबुलमा अवैतनिक वाणिज्यदूतमा कार्यरत फात्मा गुन्सेली मालाकोचको पदावधि थप र सडक सुधार तथा विस्तारका लागि एसियाली विकास बैंकबाट प्राप्त ऋण सहायताबापतको रु २० अर्ब २८ करोड स्वीकार गर्ने निर्णय भएको प्रवक्ता कार्कीले जानकारी दिए। रासस








यसमा तपाईको मत

अन्य समाचार

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

काम नपाएपछि टर्कीबाट फर्केका व्यक्तिले ९७ लाख ९० हजार नौ सय ५७ रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन् । ...

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

नेपालको समकालीन नेपाली कलालाई विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यसहित सन् २०१० मा स्थापना भएको इ–आर्टस् नेपालले स्थानीय कलाकार र कलामार्फत...

स्टक क्लियरेन्स मेलामा घुइँचो

स्टक क्लियरेन्स मेलामा घुइँचो

राजधानीको भृकुटीण्डपमा जारी स्टक क्लियरेन्स मेला शनिबार ३१ हजारले अवलोकन गरेका छन् । ...

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

नेपाल धागो उत्पादक संघले नेपालमा दोस्रोपटक स्वदेशी लगाऔं, स्वदेशी बनौं नाराका साथ टेक्सटाइल एक्स्पो २०१९ राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको छ...

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका दिन प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) द्वारा...

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकले संविधान दिवसको अवसरमा वृक्षरोपण गरेको जनाएको छ । ...

कामना सेवाको सरसफाइ अभियान

कामना सेवाको सरसफाइ अभियान

कामना सेवा विकास बैंकले संविधान दिवसको अवसरमा बैंकका देशभर रहेका शाखा कार्यालयमार्पmत सरसफाइ अभियान चलाएको जनाएको छ । ...

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

Ncell Footer Ad