coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

मिस वर्ल्डको नेपाल यात्रा

काठमाडौं – यस वर्षकी मिस वर्ल्ड टोनी एन सिंह नेपाल आइपुगेकी छिन्। बिहीबार कतार एयरवेजबाट नेपाल आइपुगेकी मिस वल्र्ड सिंहलाई मिस नेपाल अनुष्का श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी थिइन्।

मिस वल्र्ड सिंहसँग मिस वल्र्डको आयोजक संस्थाको अध्यक्ष जुलिया मोर्ले र निर्देशक स्टिभ डगलेसपनि नेपाल आइपुगेका थिए। ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निमन्त्रणालाई स्विकार्दै मिस वल्र्ड टोनी सिंहसहित मिस वल्र्डको आयोजना संस्थाको अध्यक्ष जुलिया मोर्ले र निर्देशक स्टिभ डगलेस तीन दिने नेपाल भ्रमणका लागि नेपाल आइपुगेका हुन््,’ द हिडन ट्रेजरका पूर्वअध्यक्ष गोपालसुन्दरलाल कक्षपतिले भने, ‘उनीहरूले मिस नेपाल अनुष्का श्रेष्ठले सञ्चालन गरिरहेको प्रोजेक्ट अवलोकनसहित नेपालमा मिस वल्र्ड प्रतियोगिता आयोजनाको सम्भाव्यता अध्ययन गर्नेछन्।’

द हिडन ट्रेजरको २५ औं वार्षिकोत्सव र नेपाल भ्रमण वर्ष–२०२० को उपलक्ष्यमा उनीहरूलाई नेपाल भ्रमणका लागि निम्तो दिएको थियो। तीन दिने नेपाल भम्रणको क्रममा मिस वल्र्ड सिंह र मिस वल्र्डको आयोजक संस्थाका प्रतिनिधिले मिस नेपाल अनुष्का श्रेष्ठले सिन्धुपाल्चोकको सोल्सिङ गाउँमा शिक्षा र स्वास्थ्यलाई केन्द्रित गरेर सञ्चालन गरिरहेको प्रोजेक्टको अवलोकन गर्नेछन्। मिस नेपाल श्रेष्ठले सामुदायिक उत्थानको मोडलमा केन्द्रित काम गरिरहेकी छन्। मिस वल्र्डको टप १२ मा पुगेकी मिस नेपाल अनुष्का श्रेष्ठले ब्युटी विथ प्रपोज र मल्टिमिडिया अवार्ड जितेकी थिइन्।

प्रकाशित: २३ फाल्गुन २०७६ ०१:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App