coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

खेलकुद प्रतियोगिता राेक्न निर्देशन

काठमाडौं – चीनबाट सुरु भएको कोभिड १९ (कोरोना भाइरस) को संक्रमणलाई मध्यनजर राख्दैै युवा तथा खेलकुद मन्त्रालयले आगामी दिनमा कुनै पनि प्रतियोगिता नगर्न राष्ट्रिय खेलकुद परिषदमार्फत बिहीबार सबैलाई निर्देशन जारी गरेको छ।

युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माको अध्यक्षतामा बिहीबार बसेको बैठकले विश्वमा फैलँदै गएको कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न खेलकुद प्रतियोगितालगायत सम्पूर्ण कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्न निर्देशन जारी गरेको हो। राखेप प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले जारी गरेको विज्ञप्तिमा कोरोना भाइरसले पार्ने प्रभाव र जोखिमलाई न्यूनीकरण गर्न सूचना जारी गरेको बताए। ‘सञ्चालन भइसकेका प्रतियोगितामा संयमित हुँदै सञ्चालन हुनेछन्,’ राखेप प्रशासन विभाग प्रमुख थापाले भने, ‘चलिरहेका प्रतियोगिता  पूर्वनिर्धारित तालिकाअनुसार समापन हुनेछन्। दर्शकको उपस्थिति नहुने हो। आयोजकले बाँकी खेललाई सावधानी अपनाएर खेलाउनेछन्।’

विश्वमा फैलँदो कोरोना भाइरसका कारण विश्व खेलकुदका गतिविधि यति बेला प्रभावित भएका छन्। दर्शक तथा मानिसहरूको भीड खेलकुदका कार्यक्रममा हुने भएकाले आवश्यक निर्णय गर्नुपरेको थापाले बताए।‘ हाल भइरहेका प्रतियोगिताहरुमा सावधानी अपनाउन आयोजकलाई जिम्मा दिन पत्राचार गरिनेछ,’ थापाले थपे, ‘सञ्चालन नभएका अरु प्रतियोगिता नगर्न निर्देशन दिइएको छ। बिहीबार जारी भएको विज्ञप्तिपछि नेपालमा हुने फिफा विश्वकप छनोटअन्तर्गत चाइनिज ताइपेई र अस्ट्रेलियाबीचको खेल पनि प्रभावित हुने पक्का भएको छ। मार्च ३६ तारिखमा नेपालले चाइनिज ताइपेई र ३१ तारिखमा अस्ट्रेलियासँग खेल्ने तालिका रहेको छ।

यस्तै चैत पहिलो साताबाट काठमाडौंमा तय भएको क्रिकेट प्रतियोगिता एभरेस्ट प्रिमियर लिग (इपिएल) पनि अर्को सूचना जारी नहुने समयसम्मका लागि स्थगित भएको जनाएको छ।

प्रकाशित: २३ फाल्गुन २०७६ ०१:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App