coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

स्वास्थ्यकर्मीलाई बिदामा नबस्न निर्देशन

बारा- नोबेल कोरोना भाइरबाट सर्वसाधारणलाई सतर्क राख्न र चेतना जगाउन कार्यमा खटनु पर्ने भएकोले बिदामा नबस्न जिल्लामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख, कलैया अस्पताल प्रतिनिधि र १६ वटै स्थानीय तह मातहतमा रहेको स्वास्थ्य शाखा प्रमुखहरुसँग बिहीबार जिल्ला प्रशासन कार्यालय कलैयामा गरिएको छलफलपछि स्वास्थ्यकर्मीहरुलाई बिदामा नबस्न निर्देशन दिइएको हो।

कोरोना भाइर फैलन नदिनको लागि जिल्लाका १३ वटा स्थानहरुमा हेल्प डेस्क स्थापन गरिएको अवस्थामा स्वास्थ्यर्मीहरु बिदामा बस्दा डेस्कमा खटिने जनशक्तिहरुको अभाव हुने भएकोले जिल्लामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई बिदामा नबस्न निर्देशन गर्नु परेको बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले बताएका छन्।

स्वास्थ्यकर्मीहरुलाई हेल्प डेस्कमा खटनुको साथसाथै विद्यालयहरुमा गएर भाइरसबाट बच्न उपायहरुको बारेमा जानकारी समेत गराउन जिम्मेवारी दिएको प्रजिय पोखरेलले बताए। विषेशगरि भारतसँग सिमाना जोडिएको स्थानीय तहहरुलाई औषधि, मास्क लगाएतका समाग्रीहरुलाई खरिद गरि तयारी अवस्थामा राख्न सुझाव समेत दिएको प्रजिय पोखरेलले बताए।

१३ वटा स्थानमा हेल्प डेस्क
भारतसँग सिमाना जोडिएको ६४ किलो मिटर क्षेत्रफलको बिभिन्न स्थान र स्थानीय तहहरु गरेर जिल्लाको १३ वटा स्थानहरुमा नोबेल कोरोना भाइरस सम्बन्धि हेल्प डेस्क स्थापना गरिएको छ। सशस्त्र प्रहरी बल, नेपाल १२ नम्बर गण नेपाल र बिभिन्न स्थानीय तहहरुले भारतसँग खुल्ला रहेको ११ वटा नाका, गढीमाई मन्दिर र सिमरा एयरपोर्टमा गरेर १३ वटा बिभिन्न स्थानहरुमा हेल्प डेस्क स्थापना गरेर सेवा दिने कार्य सुरु गरिएको प्रजिय पोखरेलले बताए।

बढी भिडभार हुने सिमरा विमानस्थल, गढीमाई मन्दिरको साथ साथै भारतसँग खुल्ला सीमाको कारण बढी आवागमन हुने  स्थानको पहिचान गरी हेल्प डेस्क स्थापना गरिएको पोखरेलले बताए। सशस्त्र प्रहरीको सहयोगमा कलैया उपमहानगरपालिका १० मटिअर्वा, सिम्रौनगढ नगरपालिका ६ सतुही र सुवर्ण गाउँपालिका ३ सन्तगंज कबहीगोठमा स्वास्थ्यकर्मीसहितको हेल्प डेस्क स्थापना गरिएको सशस्त्र प्रहरी बल, नेपाल १२ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक दिगबिजय सुवेदीले बताए।

सीमा क्षेत्रमा सन्चालन गरिएको हेल्प डेस्कबाट कोरोना भाइरस सम्बन्धि सचेतना बढाउन र  मास्क वितरण गर्न कार्यमा स्वास्थ्यकर्मीसँगै सशस्त्र प्रहरीहरुलाई समेत खटाइएको उपरिक्षक सुवेदीले बताए। कोरोना भाइरसबाट जिल्लावासीहरुलाई जोगाउनको लागि मातहतमा रहेको सबै प्रहरीहरुलाई युनिटका प्रमुखहरुलाई स्वास्थ्यकर्मी र स्थानीय तहहरुको सम्पर्कमा बसेर सहयोग गर्ने निर्देशन समेत दिएको बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताएका छन्।

बाराका सुरक्षा निकायका प्रमुखहरुले बिभिन्न स्थानीय तह र बढि भिडभाड हुने स्थानहरुको परिचान गरि स्थानीयहरुलाई सतर्क गराउने देखि लिएर चेतना फैलाउने कार्यक्रममा समेत सक्रियता देखाएका छन्।

 

प्रकाशित: २२ फाल्गुन २०७६ १३:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App