७ वैशाख २०८१ शुक्रबार
राजनीति

स्थानीय तह पुर्नसंरचना गर्दै निर्वाचन: मन्त्री पाण्डे

चितवन–संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले संविधान अनुरुप स्थानीय तहको पुर्नसंरचना गरेर नै सरकारले स्थानीय निर्वाचन गराउने बताएका छन्। बिहीबार बिहान चितवन जिल्ला विकास समितिमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले स्थानीय तह पुनः संरचना आयोगले तयार गरेको प्रतिवेदन पनि सरकारले चाडै बुझ्ने बताए।

नयाँ संविधानमा स्तानीय तहलाई शक्तिशाली बनाइएको छ। संख्या पनि घटाइएको छ। आयोेगले महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिका गरेर ७१६ सम्म स्थानीय तह बनाउने सिफारिस गरेको छ। आयोगले प्रतिवेदन तयार गरे पनि सरकारले बुझि रहेको छैन।

सर्वोच्च अदालतले संविधान संसोधनका विषयमा दिएको आदेशले संसदको गतिरोध हट्ने र निर्वाचनको वातावरण बन्ने मन्त्री पाण्डेले बताए। ‘अदालतको आदेशपछि दलहरुबीच सहमति बन्ने, संसद खुल्ने र निर्वाचनको वातावरण बन्ने सम्भावना बढेको छ’, मन्त्री पाण्ेडेले भने। सरकारले प्रदेश सिमाना हेरफेरसहितको संविधान संसोधन प्रस्ताव दर्ता गरेपछि एमाले लगायतका प्रतिपक्ष दलहरुले संसद अवरोध गर्दै आएका छन्।

 स्थानीय तहको चुनाव तत्काल गराएर सरकार प्रदेश सभा र केन्द्रीय संसदको निर्वाचनमा जुट्ने मन्त्री पाण्डेले बताए । ‘आउँदो वर्षको माघ सात गतेसम्म यी तीनवटै तहको निर्वाचन हुनुपर्छ। नभए देशमा संवैधानिक संकट आउँछ। त्यस्तो नहोस भन्नका लागि सरकार सवै निर्वाचन तोकिएकै मितिभित्र गर्न सक्रिय भएर लाग्ने छ’, मन्त्री पाण्डेले भने।

प्रकाशित: २१ पुस २०७३ ०६:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App