८ वैशाख २०८१ शनिबार
समाज

विप्लव समूहको जनकपुर ब्यूरो सदस्यद्वारा आत्मसर्मपण

आत्मसमर्पणको कागजमा हस्ताक्षर गर्दै शेरबहादुर वाइवा । तस्बिर : अनिल/नागरिक

सिन्धुली- विप्लव समूहका एक नेताले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। जिल्ला प्रशासन कार्यालयस्थित प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको कार्यकक्षमा उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ३ गुर्जी घर भएका ४२ वर्षिय कपिल भन्ने शेरबहादुर वाइवाले आत्मसमर्पण गरेका हुन्। विगतका दिनहरुमा नेकपा विप्लवको सिन्धुली जनकपुर ब्यूरो सदस्य पदमा रहि उक्त समूहमा सक्रिय रहदै आएको भएपनि आजका मितिबाटै पार्टी परित्याग गरेको जानकारी गराउदछु, उनले प्रजिअ गौतम, प्रहरी प्रमुख रञ्जु सिग्देल र नेकपा जिल्ला अध्यक्ष एवं बाग्मती प्रदेश सभा सदस्य राजन दाहाल र पत्रकारहरु माझ भने, 'म कसैको करकापमा होइन, स्वइच्छाले पार्टी परित्याग गरि आत्मसमर्पण गरेको जानकारी गराउछु।' उनले आत्मसमर्पण गरेर गाँउमै सानो पसल रहेको र सोही व्यवसायलाई निरन्तर दिने बताए।

सरकारले  प्रतिबन्धित गरेको माओवादी विप्लव समूहमा रहेका वाइवालाई प्रहरीले गत मंसिर २० गते हेटौडाबाट पक्राउ गरेको थियो। प्रक्राउ गरि संगठित अपराध, आगजनी, बम विष्फोट लगाएतका मुद्धा लागेका वाइवा जिल्ला अदालतबाट ३० हजार धरौटीमा छुटेका थिए। अदालतबाट छुटेलगत्तै उनले आत्मसमर्पण गरेका हुन्। विप्लव समूहमा रहि अपराधिक गतिविधि त्यागेर सामान्य जीवन यापन गर्छु भनेकाले उनलाई छाडिएको बताए।

वाइवालाई बाग्मती प्रदेश सभा सदस्य लेखनाथ दाहाल(राजन) को रोहबरमा छाडिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रञ्जु सिग्देलले बताइन्। उनका अनुसार आगामी दिनमा अपराधिक गतिविधि नगर्ने र प्रतिबन्धित पार्टीमा नलाग्ने बताएपछि छाडिएको हो।

 

 

प्रकाशित: २२ फाल्गुन २०७६ १३:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App