६ वैशाख २०८१ बिहीबार
राजनीति

संशोधन प्रस्तावको पक्षमा दुई तिहाइ पुर्याउन सत्ता पक्ष छलफल गर्दै

काठमाडौं–संविधान संशोधन प्रक्रियामा जाने भएपछि प्रस्तावको पक्षमा दुई तिहाइ बहुमत पुर्याउन कांग्रेस, माओवादी र मधेसी मोर्चाबीचको त्रिपक्षीय बैठक बस्दैछ। बिहीबार तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा संशोधन प्रस्तावको पक्षमा दुई तिहाइ बहुमत पुर्याउने विषयमा छलफलमा हुने मोर्चाका नेता केशव झाले जानकारी दिए।
प्रमुख प्रतिपक्ष एामलेले आफूसँग एक तिहाइ बहुमत पुर्याएर बसेको तर सत्तापक्षले आफ्नो पक्षमा दुई तिहाइ पुर्याउन पहल नगरेको भन्दै मधेसी मोर्चाले असन्तुष्टि जनाउँदै आएको छ। कांग्रेस– माओवादीसँगको छुट्टा छुट्टै छलफल गर्दा दुई तिहाइ पुर्याउने विषयमा दुवै दल सक्रिय हुने बताउने गरेको तर संयुक्त रुपमा कुनै पहल नगरेको भन्दै दुई तिहाइ पुर्याउन  दबाब दिने मोर्चाले रणनीति तय गरेको छ। मोर्चाको बुधबार बसेको बैठकले संशोधन प्रस्तावको पक्षमा दुई तिहाइ पुर्याउन आफ्नोतर्फबाट पहल गर्ने निर्णय गरेको थियो।

मोर्चाले केही दिन अगाडि कांग्रेससँग गरेको छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवाले संशोधन प्रस्तावको पक्षमा दुई तिहाइ पुर्याउने जिम्मा आफ्नो भएको बताएका थिए। कांग्रेस संशोधन प्रस्तावको पक्षमा दुई तिहाइ पुर्याउन सक्रिय भएपनि सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले दुई तिहाइ पुर्याउन खासै पहल नगरेको भन्दै मोर्चा असन्तुष्ट बनेको छ।

संशोधन प्रस्तावको पक्षमा दुई तिहाइ पुर्याउन राप्रपा अध्यक्ष कमल थापा र मधेसी जनाधिकार फोरम लोकतान्त्रिकलाई पनि सरकारमा सहभागी गराउनुपर्ने पक्षमा मोर्चा छ। फोरम लोकतान्त्रिक र कमल थापालाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री दाहाल पनि सकारात्मक छन्, तर कांग्रेस सभापति शेरबहादुर देउवा तीन महिनाकालागि ती दललाई सरकारमा सहाभागी गराउन नहुने पक्षमा छन्। देउवाले आफ्नो नेतृत्वमा गठन हुने सरकारमा उनीहरुलाई सहभागी गराउने बताउँदै आएको स्रोतको भनाइ छ।

 

प्रकाशित: २१ पुस २०७३ ०५:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App