coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेपाली सेनाभित्रको भ्रष्टाचारको छलफलमा रक्षामन्त्री र प्रधानसेनापति नआउदा बैठक स्थगित

काठमाडौं- नेपाली सेनाभित्रको भ्रष्टाचारको छलफलमा रक्षामन्त्री इश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापा अनुपस्थित भएपछि सांसदहरुले आपत्ति जनाउँदा संघीय संसद प्रतिनिधि सभा अन्र्तगतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठक स्थगित भएको छ।

बैठकमा सांसदहरुले सेनाभित्रको भ्रष्टाचारको छलफलमा रक्षामन्त्री र प्रधानसेनापति अनुपस्थिति भएको भन्दै आपत्ति जनाएपछि समिति सभापति शशी श्रेष्ठले बैठक स्थगित गरेकि हुन्। उनले अर्को बैठकमा अनिवार्य उपस्थित हुने सन्देश मन्त्री समक्ष पुर्‍याइ दिन रक्षा सचिव रेश्मीराज पाण्डेलाई निर्देशन समेत दिइन्।

प्रकाशित: २२ फाल्गुन २०७६ ०९:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App