८ वैशाख २०८१ शनिबार
समाज

होली, उत्सव, मेलामा नजान प्रशासनको आग्रह

काठमाडौं– कोरोना भाइरसको माहामारी संसारभर फैलिएकाले काठमाडौं जिल्ला प्रशासनले पनि भेला, सभासम्मेल जस्ता कार्यक्रममा नजान आग्रह गरेको छ। बिहीबार जिल्ला प्रशासनले सूचना जारी गर्दै कोरोना भाइरसबाट सचेत हुन आग्रह गरेको हो।

जिल्ला प्रशासन कार्यालयले होली, उत्सव, मेला जस्ता भिडभाड हुने कार्यक्रम आयोजना नगर्न समेत सचेत गराएको छ। जारी सूचनामा भनिएको छ, ‘विश्वभर माहामारीको रुपमा फैलिदै गएको कोरोना भाइरसबाट नेपाल उच्च जोखिममा रहेको भनी विश्व स्वास्थ्य संगठनबाट प्रतिक्रिया ब्यक्त भएको साथै नेपाल सरकारले समेत यसको संक्रमणबाट जोगिन सचेतना अपनाउन भीडभाडमा नजान तथा भेला, सभा, सम्मेल जस्ता कार्यक्रमहरु नगर्न अुरोध गरिएको सन्दर्भमा काठमाडौं जिल्लामा अर्काे निर्णय नभएसम्मका लागि विभिन्न प्रकारका उत्सव, मेला, पर्व (होली लगायत) का कार्यक्रमको आयोजना नगर्न र त्यस्ता सम्मेल तथा कार्यक्रमहरुमा सहभागी नहुन समेत सबैमा अनुरोध छ।’

बिहीबारसम्म ८४ देशमा कोरोना भाइरसको संक्रमण देखापरेको छ। जसबाट ९५ हजार ५०९ जना बिरामी परेका छन् भने तीन हजार दुई ८६ जनाको मृत्यु भइसकेको छ।

विश्व स्वास्थ्य संगठनले पनि कोरोना भाइरसको उच्च जोखिम रहेका पाँच देशको सूचिमा नेपाललाई राखेको छ।

 

प्रकाशित: २२ फाल्गुन २०७६ ०८:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App