coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भीम लिंग दर्शन

भक्तपुर – भक्तपुरको दतात्रयमा महाभारतका भीमसेनको लिंग प्रदर्शनमा गरिएको छ। भक्तपुर नगरपालिका–९ दतात्रयस्थित भीमसेन मन्दिरको पहिलो तलामा रहेको करिब तीन फिट लामो काठको लिंग (महाभारतका भीमसेनको लिंगको प्रतिक) रातो कपडालाई बीचमा प्वाल पारेर योनीभित्र लिंग राखेको अवस्थासहितको दृश्य रहेको छ।

प्रत्येक वर्ष होलीको पहिलो दिनदेखि अन्तिम दिन (पूर्णिमा)सम्म लिंगको प्रदर्शन हुन्छ। योबीचमा लिंगको दृश्य अवलोकन गर्न र लिंगलाई पूजा गर्न आउनेहरूको भिड् लाग्ने गर्दछ। स्थानीयहरू यहाँ पुगेर द्रोपदीको योनीमा भीमसेनको लिंग घचेटेर ढोग्ने गर्छन्। यसले गर्दा पारिवारमा सुख र दीर्घायु मिल्ने विश्वास गरिन्छ। यो लिंग भक्तपुरको होली संस्कृति र जीवनशैलीसँग मात्र नभई प्रजनन् स्वास्थ्यसँग पनि जोडिएको बताइन्छ।

जात्रा सञ्चालन गर्न आर्थिक समस्या भएको भन्दै लिंग हेर्न आउनेसँग शुल्क लिने गरिएको छ। नेपालीसँग १० रुपैयाँ र विदेशीसँग ५० रुपैयाँ शुल्क लिने गरेको पुजारी केशरी कपालीले जानकारी दिइन्। झुण्डाइएको लिंगलाई होली पूर्णिमाको दिन त्यहाँबाट निकाल्ने गरिन्छ। त्यसपछि यसलाई धुनको लागि दतात्रयबाट सूर्यमढी च्याम्हासिंह हुर्दै ब्रह्मायणी नदीसम्म बोकेर लैजाने प्रचलन रहेको छ।

होलीको अन्तिम यो दिनमा भीमसेनको लिंग बोक्न आउनेको भीड लाग्नेगर्दछ। होलीको दिन साँझ उक्त लिंग धोएपछि भक्तपुरको होली समाप्त हुने प्रचलन रहँदै आएको छ। संस्कृतिविद् जननीप्रसाद मुल परम्परादेखि अहिलेसम्म जस्ताको त्यस्तै गरेर सञ्चालन हुने गरेको बताउँछन्। पुराना संस्कृति, परम्परालाई बचाउनका लागि यसले सहयोग पु¥याएको उनको दाबी छ।

प्रकाशित: २२ फाल्गुन २०७६ ०३:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App