coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

मिस वर्ल्ड नेपालमा

काठमाडौं – यस वर्षकी मिस वर्ल्ड टोनी एन सिंह नेपाल भम्रणमा आउँदै छिन्। बुधबार द हिडन ट्रेजरले प्रेस विज्ञप्तिमार्फत मिस वल्र्ड टोनी एन सिंह बिहीबार (आज) नेपाल आउँदै गरेको जानकारी गराएको थियो। मिस वल्र्ड सिंहसँग मिस वल्र्डको आयोजक संस्थाको अध्यक्ष जुलिया मोर्ले र निर्देशक स्टिभ डगलेस नेपाल आउँदैछन्।

‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निमन्त्रणालाई स्विकार्दै मिस वल्र्ड टोनी सिंहसहित मिस वल्र्डको आयोजना संस्थाको अध्यक्ष जुलिया मोर्ले र निर्देशक स्टिभ डगलेस तीन दिने नेपाल भ्रमणका लागि बिहीबार बिहान आउँदैछन्,’ द हिडन ट्रेजरले विज्ञप्तिमा उल्लेख गरेको छ। द हिडन ट्रेजरको २५ औं वार्षिकोत्सव र नेपाल भ्रमण वर्ष–२०२० को उपलक्ष्यमा उनीहरूलाई नेपाल भ्रमणका लागि निम्तो दिएको थियो।

तीन दिने नेपाल भम्रणको क्रममा मिस वल्र्ड सिंह र मिस वल्र्डको आयोजक संस्थाका प्रतिनिधिले मिस नेपाल अनुष्का श्रेष्ठले सिन्धुपाल्चोकको सोल्सिङ गाउँमा शिक्षा र स्वास्थ्यलाई केन्द्रित गरेर सञ्चालन गरिरहेको प्रोजेक्टको अवलोकन गर्नेछन्। मिस नेपाल श्रेष्ठले सामुदायिक उत्थानको मोडलमा केन्द्रित काम गरिरहेकी छन्। मिस वल्र्डको टप १२ मा पुगेकी मिस नेपाल अनुष्का श्रेष्ठले ब्युटी विथ प्रपोज र मल्टिमिडिया अवार्ड जितेकी थिइन्।

प्रकाशित: २२ फाल्गुन २०७६ ०१:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App