coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

तालिबान लडाकुकाे आक्रमणमा १९ सैनिक मारिए

कुन्दुज – तालिबानी लडाकु समूहले अफगानिस्तानको दुई ओटा प्रान्तमा गरेको आक्रमणमा परी कम्तीमा १९ अफगान सैनिक मारिएका सरकारी अधिकारीहरूले बुधबार जानकारी दिएका छन्। अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा भएको एक आक्रमणमा परी १२ अफगान सैनिक मारिनुका साथै अन्य चार घाइते भएका छन्।

प्रान्तीय राजधानी कुन्दुज सहर बाहिरका इलाकामा उत्तरी क्षेत्रमा रहेको बाघ इ सिर्कातमा रहेको सैनिक शिविरमा सो आतंककारी आक्रमण भएको प्रान्तीय परिषदका सदस्य फावजिया जवादले बताएका छन्। जवादका अनुसार मध्यरातबाट सुरु भएको यस आक्रमण र त्यसपछि भएको दोहोेरो झडपमा परी तालिबान आतंककारी समूहका कैयौ सदस्य मारिएका छन्।

कुन्दुज सहरकै पूर्वी भागमा पर्ने इलाकामा तालिबानी लडाकु समूहले गरेको अर्को छुट्टै आक्रमणमा परी चार स्थानीय प्रहरी मारिएका छन्।  सो आक्रमण त्यसपछिको झडपमा तीन तालिबानी लडाकु पनि मारिएको स्थानीय प्रहरी अधिकारीले जानकारी दिएका छन्।

कुन्दुज प्रान्तको छिमेकमा पर्ने बाल्ख प्रान्तमा तालिबान लडाकुको आक्रमणमा परी अफगान स्थानीय प्रहरीका तीन सदस्य मारिएका छन्। बाल्ख प्रान्तको बाल्ख जिल्लाको समार्कानयान गाउँमा सो आक्रमण भएको थियो। संयुक्त राज्य अमेरिका र अफगानिस्तानको तालिबान समूहबीच गत शनिबार अर्थात् फेबु्रअरी २९ मा कतारको दोहामा शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो।

सम्झौताका लागि अमेरिकाको तर्फबाट विदेशमन्त्री माइक पोम्पेओ र तालिबानी समूहका नेता बतारको राजधानीमा पुगेका थिए। सम्झौतापछि अमेरिका र उसका सहयोगी राष्ट्रद्वारा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) अन्तर्गत अफगानिस्तानमा कार्यरत सम्पूर्ण सैनिकलाई आगामी १४ महिनाभित्र अफगानिस्तानबाट फिर्ता लाने सहमति भएको छ।
‘सम्झौतामा हस्ताक्षर भएपछि अफगानिस्तानमा तैनाथ आठ हजार ६ सय सैनिकलाई आगामी १३५ दिनभित्र पहिलो चरणमा फिर्ता लगिनेछ भने अमेरिका र उसका सहयोगीले बाँकी सबै सैनिकलाई १४ महिनाभित्र फिर्ता गर्नेछ,’  विज्ञप्तिमा भनिएको छ।

सम्झौताअनुसार अफगानी विद्रोहीको प्रभाव क्षेत्रमा अलकायदा तथा अन्य अतिवादी इस्लामिक समूहका गतिविधि नियन्त्रणमा तालिवान समूहले सरकारलाई सहयोग गर्नेछ। दोहा सम्झौताले १८ वर्षदेखि अफगानिस्तानमा तैनाथ भई लड्दै आएका हजारौं अमेरिकी सेनालाई फिर्ता हुने वातावरण मिलेको छ। अफगानी तालिवान समूहले आगामी दिनमा हिंसा नगर्ने र अमेरिकी सेनाको सहयोग प्राप्त अफगान सरकारले पनि तालिवान समूहलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरी शान्तिका लागि काम गर्नेछ।

प्रकाशित: २२ फाल्गुन २०७६ ०१:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App