८ वैशाख २०८१ शनिबार
खेल

भारतीय क्रिकेटमा धोनी युग समाप्त, कप्तानबाट धोनीको राजीनामा

नयाँ दिल्ली–भारतीय क्रिकेट टिमका कप्तान महेन्द्रसिंह धोनीले बुधबार एक दिवसीय र टि–२० टिमको कप्तानबाट राजीनामा दिएका छन्। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले बुधबार एक विज्ञप्ति जारी गरी धोनीले राजीनामा दिएको जनाएको हो।

धोनी इंल्याण्ड विरुद्ध आगामी एक दिवसीय र टि–२० खेलको कप्तान सम्हाल्ने छैनन्। तर उनी टिम चयनका बेला भने उनी उपस्थित हुने भारतीय संचारमाध्यमले जनाएका छन्।

बीसीसीआईका मुख्य कार्यकारी अधिकारी राहुल जौहरीले एक विज्ञप्ति जारी गर्दै क्रिकेटका प्रशंसक तथा बीसीसीआईकातर्फबाट धोनीले भारतीय क्रिकेटलाई दिएको योगदानकालागि धन्यवाद दिएका छन्।

धोनी भारतीय क्रिकेट टिमका यस्ता कप्तान हुन जसले आईसीसीका सबै खेलमा जित दिलाएका थिए। धोनीको कप्तानीमा भारतले २००७ मा टि–२० विश्वकप र २०११ मा ५० ओभरको विश्वकपमा जित हासिल गरेको थियो। २०१३ उनकै कप्तानीमा च्याम्पियन्स ट्रफीमा भारतले कब्जा जमाएको थियो। धोनीको अगुवाईमा भारत पहिलो  पटक टेस्ट  क्रिकेटमा एक नम्बर भएको थियो।

प्रकाशित: २१ पुस २०७३ ०४:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App