८ वैशाख २०८१ शनिबार
समाज

कोरोना त्रास : महोत्सव, भेला गर्न रोक

लहान- कोरोना भाइरसको महामारी प्रवेश हुन नदिन जिल्ला प्रशासन कार्यालय सिरहाले सार्वजनिक भेला, महोत्सवजस्ता भिडभाड हुने कार्यक्रममा रोक लगाएको छ। बुधबार सार्वजनिक सूचना जारी गर्दै प्रशासनले जात्रा पर्व, मेला, महोत्सवजस्ता कार्यक्रम नगर्न नगराउन जिल्लाबासीलाई अनुरोध गरेको छ।

सूचना विपरित सभा, सम्मेलन, मेला महोत्सव गरे गराएमा कारबाही गर्ने चेतावनी समेत सूचनामार्फत दिइएको छ। ‘अहिले सम्म कुनै त्यस्तो शंकास्पद बिरामी फेला परेका छैनन्, तर पनि हामीले आफ्नो तर्फबाट सर्तकता अपनाएका छौं, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले भने ।’

प्रशासनद्वारा जारी सूचना


 

प्रकाशित: २१ फाल्गुन २०७६ १४:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App