झापाको जितमा कर्ण नायक

बिहिबार, २१ पुष २०७३, १० : २७ राजु अधिकारी  | @rajuadhikari14

झापा- कर्ण लिम्बुको ह्याटि्रक प्रेरित घरेलु टोली रमपम झापा–११ मेची नेत्रालय काँकडभिट्टा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबारको सेमिफाइनल १० खेलाडीमा सिमित भएर अन्त्य गरेको रुपन्देही–११ माथि ४–० को जित निकाल्दै झापाले उपाधि भिडन्तमा स्थान पक्का गरेको थियो।

पछिल्ला तीन प्रतियोगितामा झापा सेमिफाइनलबाट अगाडी बढन सकेको थिएन। झापाले सुरुङ्गा गोल्डकप, शरणामति गोल्डकप र सुनसरीको दुहबी गोल्डकपमा पनि सेमिफाइनल खेलेको थियो।

पछिल्लो पटक झापा तीन महिना अघि भारत सिक्किमको गर्भनर्स गोल्डकपको फाइनलमा पुगेको थियो। बुधबारको जित पछि झापाका प्रशिक्षक सञ्जय राईले उपाधि खडेरीलाई तोडने लक्ष्य नजिक पुगेको बताए। उनले भने, 'हामीले आज राम्रो खेलेका थियौं। जित हकलाग्दो छ। अब हामी उपाधिको खडेरीलाई तोडने कोसिस गर्छौ।'

बुधबार कर्णको उत्कृष्ट प्रदर्शनसँगै अर्को रोचक पाटो दुइ दाजुभाईबीचको प्रतिस्पर्धा थियो। चर्चित फुटबलर विजय धिमाल तथा उनका भाई राष्ट्रिय टोलीका सदस्य रजिन झापाबाट खेलेका थिए। जीत भने भाईको टोलीले हासिल गर्‍यो।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा कप्तान योगेश गुरुङले ३६औं मिनेटमा गोल गर्दै झापालाई अग्रता दिलाएका थिए। बुद्धले एकल प्रयासमा बल अघि बढाएर गोल गर्द विपक्षी खेलाडीहरु भने अफसाइड कल गर्नमै मस्त रहे। योगेशले घरेलु टोलीलाई अग्रता दिलाएपछि रुपन्देहीले आत्मविश्वास गुमाएको थियो। जसले रुपन्देहीका खेलाडीको प्रदर्शनलाई सोझै अशर गरेको थियो। योगेशले गोल गरेपछि भने दुवै टोलीले गोलका केही राम्रा अवसर गुमाए। ४२औं मिनेटमा रुपन्देहीका लक्ष्मण रुचालको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो। लगत्तै ४३ औं मिनेटमा झापाका कर्ण लिम्बुले वान भर्सेस वानमा गोल गर्न सकेनन। कर्णको प्रहार रिबाउन्ड भएपछि विशाल राईले पाएका थिए। तर विशालले पनि गोल गर्न सकेनन।

दोस्रो हाफको सुरुमै रुपन्देहीका मुख्य स्ट्राइकर अरमाण्ड दोस्रो पहेलो कार्ड सामना गर्दै मैदानबाट बाहिरिए। ४७औं मिनेटमा झापाका रजिन धिमाललाई लडाएपछि फिफा रेफ्री लव खत्रीले अरमाण्डलाई दोस्रो पहंलो कार्ड सहित रातो कार्ड देखाएका थिए। अरमाण्ड बाहिरिएपछि रुपन्देही थप दबाबमा पर्‍यो र झापा खेलमा अझै हावी हुन थाल्यो।

'एक गोलले पछि पर्दासम्म हामी खेलमा फर्कने सम्भावना थियो', रुपन्देहीका व्यवस्थापक जग्गुनाथ खड्काले भने, 'तर, अरमाण्डले रातो कार्ड सामना गरेपछि अरु खेलाडी आक्रोशित भएर खेले। जुन हाम्रो लागी दुर्भाग्य सावित भयो।'

५१ औं मिनेटमा झापाका नरेन्द्रमणि लिम्बुले दिएको पासमा गर्दै कर्ण लिम्बुले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे। ७५ औं मिनेटमा कर्णले दोस्रो व्यक्तिगत गोल गर्दै झापाको अग्रता थप फराकिलो पारे। समय सकिन १३ मिनेट बाँकी रहँदा कर्णले ह्याटि्रक पूरा गरेका थिए। रञ्जित श्रेष्ठको प्रहार रुपन्देहीका गोलरक्षक दिलिप क्षेत्रीलाई लागेर फर्किँदा कर्णले तेस्रो गोलको अवसर पाएका थिए।

झापाका लागि ह्याटि्रक गरेका कर्ण लिम्बु म्यान अफ दी म्याच घोषित भए।

खेलमा झापाका कर्ण लिम्बु, नरेन्द्रमणि लिम्बु र विशाल राईले केही राम्रा अवसर खेर फालेका थिए। यसैगरी रुपन्देहीका लक्ष्मण रुचाल र दिपक राईले गोल गर्ने अवसरलाई सदुपयोग गर्न सकेनन।

प्रतियोगिता अन्तर्गत बिहीबार अर्को सेमिफाइनलमा आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर र एपीएफबीच हुनेछ।








यसमा तपाईको मत

अन्य समाचार

डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त

डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त

नेपाल क्रेडिट एन्ड कमर्स बैंकले नबिल बैंकलाई डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । ...

डिएभी स्कुलको वार्षिकोत्सव सम्पन्न

डिएभी स्कुलको वार्षिकोत्सव सम्पन्न

वीरगन्जस्थित डिएभी स्कुलको २६औं वार्षिकोत्सव सम्पन्न भएको छ । ...

हिमालयको क्वालालम्पुर पुनः सीधा उडान सुरु

हिमालयको क्वालालम्पुर पुनः सीधा उडान सुरु

हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सीधा उडान सुरु गरेको छ । ...

सीता एयरले लामिडांडा र सुकेटार उडान थाल्ने

सीता एयरले लामिडांडा र सुकेटार उडान थाल्ने

सीता एयरले प्रदेश १ का धार्मिक स्थलहरू हलेसी र पाथीभरालाई लक्षित गरी उडान सुरु गर्ने तयारी गरेको छ । ...

नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड हिलटेकलाई

नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड हिलटेकलाई

हिलटेक प्लास्टिक एन्ड पाइप प्रालि नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...

सुबिसु, ईन्टरनेट पार्टनरका रुपमा प्रस्तुत

सुबिसु, ईन्टरनेट पार्टनरका रुपमा प्रस्तुत

नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबल नेट प्रा. लि.ले पोखरा प्रिमियर लिगको दोस्रो...

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad