७ वैशाख २०८१ शुक्रबार
समाज

जीप दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

दुर्घटनामा परेको जीप । तस्बिरः मुक्ति/नागरिक

पाल्पा- पाल्पामा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परि १० जना घाइते भएका छन्।
बुटवलबाट गुल्मीतर्फ जादै गरेको लु १ ख १४२८ नम्बरको जीप तानसेन नगरपालिका–१४, अर्गलीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो। दुर्घटनामा परि सैनामैना नगरपालिका–१, रुपन्देहीकी ५५ वर्षीया धनकली बिक सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

तानसेन–तम्घास सडकखण्डमा भएको दुर्घटनामा परि सैनामैना नपा–१, का सुरेश बिक, रोशन बिक, सुबास बिक, निना बिक. र पदम सुनार, चन्द्रकोट गाउँपालिका–५, गुल्मीका राम बहादुर थापा, भीमसेन नगरपालिका–८, गोरखाकी मुना भट्ट, देबदह नपा–१०, की मनमाया सुनार, गल्कोट नपा–८, बाग्लुङकी जोनु सुनार, बरेङ–५, बाग्लुङका रेशम सुनार रहेका छन्। घाइतेहरुको तानसेनस्थिति लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ।

जीप सडकको भित्तामा ठोक्किदा दुर्घटना भएको बताइएको छ। दुर्घटना के कारणले भएको भन्ने अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
 

प्रकाशित: २१ फाल्गुन २०७६ १३:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App