८ वैशाख २०८१ शनिबार
कला

महानायक हमाल तिलौराकोटमा

बुद्धस्थल तिलौराकोटको भ्रमण गदै महानायक राजेश हमाल । तस्बिर: किरणमान/नागरिक

कपिलवस्तु- महानायक राजेश हमाल बुधबार बुद्धको क्रिडास्थल तिलौराकोट दरबार आएका छन्। बुटवल हुँदै उनी पहिलो पटक तिलौराकोट आएका हुन्। सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले बुद्धको क्रिडास्थल तिलौराकोटको चाडो विकास गर्नुपर्नेमा जोड दिए।

सरकारले यसलाई प्राथमिकतामा राख्नु पर्ने र योजनाबद्ध ढंले बिकास गर्नुपर्ने उनले बताए। यहाँ आउदा आफूलाई निकै शान्ति मिलेको उनले सुनाए। करौडो आस्थाको केन्द्रमा पहिलो पटक पाइला टेक्न पाउदा मन गदगद भएको उनले बताए। उनले आफूले पनि यस स्थलको प्राचारप्रसार र प्रबद्र्धन गर्ने बताए।

तिलौराकोटमा जारी उत्खनन र अन्वेषणको स्थलगत निरीक्षण समेत गरे। तिलौराकाटमा बिगत ६ वर्षदेखि उत्खनन र अनुसन्धान जारी छ। टोलीलाई उत्खननका उपलब्धी र अवस्था बारे जनकारी लिएका थिए। टोलीलाई लुम्बिनी विकास कोषका कर्मचारीहरुले जारी उत्खनन र अन्वेषणको उपलब्धी, प्राप्त प्रमाणहरु, ऐतिहासिक पृष्ठभूमि लगायतका विषयमा जानकारी गराएका थिए।

तिलौराकोटमा गरिएको उत्खननबाट स्पष्ट देखिने घर, पर्खाल, दरबार, सुरक्षा पर्खाल लगायत प्राचीन वस्तु तथा संरचनाहरु भेटिएका छन्। तिलौराकोटलाई विश्व सम्पदा सूचिमा राख्नका प्रस्तावित गरिएकोमा महानायक हमालले खुसी व्यक्त गरेका थिए। तिलौराकोट बुद्धका पिता राजा शुद्धोधनको राज प्रसाद हो। हमाल दिउँसो नै फर्किएका थिए।


 

 

प्रकाशित: २१ फाल्गुन २०७६ १२:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App