७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल, मिर्गौलाले काम गर्न थाल्यो

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण भएको छ। प्रत्यारोपणका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण  अस्पतालमा पाँच घण्टा लामो शल्यक्रिया गरिएको थियो। बिहान १० बजेदेखि शल्यक्रिया सुरु भएको थियो।

प्रत्यारोपणपछि गरिएको परीक्षणमा यूरिन सपोर्ट भएको चिकित्सकहरुले बताएका छन्। चिकित्सकहरुका अनुसार प्रत्यारोपण गरिएको मिर्गौलाबाट पिसाव पास भएको छ। उनलाई भान्जी समीक्षा संग्रौलाले मिर्गौला दिएकी हुन्। यस अघि २०६४ साउनमा भारतको एपोलो अस्पतालमा ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो

मिर्गौला दिने समीक्षाको स्वास्थ्य पनि सामान्य रहेको जनाइएको छ।

समीक्षा संग्रौला। उनैले प्रधानमन्त्रीलाई मिर्गौला दिएकी थिइन्।

ओलीको मिर्गौला प्रत्यारोपण गर्ने शल्यक्रिया टोलीमा अस्पतालका युरोलजी तथा मिर्गौला प्रत्यारोपण विभागका प्रा. डा. प्रेम ज्ञवाली, डा. पवनराज चालिसे, डा.सुमन चापागाईं, डा. सुजित पौडेल, प्रा. डा. उत्तम शर्मा, र डा. मनीष प्रधानसँगै भारतीय डा. अनन्त कुमार पनि रहेका थिए।

प्रकाशित: २१ फाल्गुन २०७६ ०९:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App