६ वैशाख २०८१ बिहीबार
समाज

कोरोनाको त्रास : अन्र्तराष्ट्रिय महिला श्रमिक दिवस स्थगित

खोटाङ– कोरोना भाइरसको त्रासका कारण खोटाङमा अन्र्तराष्ट्रिय महिला श्रमिक दिवस स्थगन गरिएको छ। जताततै कोरोना भाइरस फैलिरहेको सन्दर्भमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको निर्देशन अनुशार जिल्लाका १० स्थानीय तहमा मनाउने तयारी गरिएको ११० औं अन्र्तराष्ट्रिय महिला श्रमिक दिवस स्थगन गरिएको हो। मन्त्रालयको पत्र अनुशार जिल्लाका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिका लगायतका स्थानीय तहले बुधबार छुट्टा–छुट्टै सूचना जारी गर्दै अन्र्तराष्ट्रिय महिला श्रमिक दिवस स्थगन गरेको जानकारी दिएको छ।

जिल्लाका हरेक स्थानीय तहले मार्च ८ (फागुन २५ गते) आ–आफ्नो केन्द्रमा र्‍याली, सभा लगायतका कार्यक्रम गर्दै दिवस मनाउने तयारी गरिरहेको थियो। विश्वका विभिन्न ठाउँमा कोरोनाको संक्रमण फैलिरहेको र हजारौं नागरिकको ज्यान लिइरहेको सन्दर्भमा सबै प्रकारका भेला, सभा, सम्मेलन, समारोह लगायतका कार्यक्रम स्थगन गर्नका लागि मन्त्रालयले मंगलबार पत्राचार गरेको थियो।

बजारमा माक्सको अभाव
कोरोना भाइरसको संक्रमणका कारण खोटाङमा माक्सको अभाव भएको छ। कोरोना भाइरस सर्ने त्रासमा माक्सको बढि उपयोग भएपछि स्थानीय क्लिनिक तथा पसलमा माक्स अभाव भएको हो। अहिले दिक्तेल बजारमा चाहेको परिमाणमा माक्स पाउन छाडिएको स्थानीयको भनाई छ। कतिपय स्थानीयले कोरोनाको संक्रमण फैलिरहेका देशमा बसिरहेका आफन्तलाई ठूलो मात्रामा माक्स किनेर पठाउन थालिएको बताइएको छ।

प्रकाशित: २१ फाल्गुन २०७६ ०९:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App