coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

पशुपतिनगर नाकामा स्वास्थ्य जाँच गरिँदै

इलाम-   विश्वव्यापी चुनौती बनिरहेको नोबल कोरोना भाइरस जाँचका लागि पूर्वको नेपाल–भारत सीमा पशुपतिनगर नाकामा स्वास्थ्य जाँच गरिने भएको छ। बुधबारदेखि पशुपतिनगरका २ स्थानमा डेस्क स्थापना गरी भारतबाट नेपाल छिर्ने प्रत्येक व्यक्तिको तापक्रम जाँच गरिने भएको हो।

नाका रहेको सूर्योदय नगरपालिकाको विपद् उद्धार समिति बैठकले भारतीय नाकाबाट कोरोनाको जोखिम कम गर्न ‘थर्मल गन’ प्रयोग गरी तापक्रम जाँच गर्ने तयारी गरेको मेयर रणबहादुर राईले बताए। ‘बुधबारदेखि नाकाबाट आउने सबैलाई स्वास्थ्य जाँच अनिवार्य गरिएको छ,’ मेयर राईले भने, ‘कोरोनाको कुनै शंका लागेका अन्य देशका व्यक्तिलाई फिर्ता पठाइने छ।’ उनले भारतबाट आउने नेपालीमा यस्तो समस्या देखिए तोकिएको स्थानसम्म पुर्‍याउन नगरपालिकाले पहल गर्ने जानकारी दिए।

मानिसको शरीरमा नछोई तापक्रम जाँच गर्ने २ वटा थर्मल गन नगरपालिकाले व्यवस्था गरेको छ। स्वास्थ्य शाखामा कर्मचारीसमेत थपेर हेल्प हेस्क राखी तापक्रम जाँच गरिने मेयर राईले बताए। ‘कोही व्यक्ति भारतबाट आउने हो भने साँझ ६ बजेसम्ममा नाकामा आइपुग्नुपर्नेछ,’ उनले भने, ‘पशुपतिनगरको मूल गेटबाहेक भारतबाट नेपाल भित्रिने अन्य नाकामा सुरक्षा जाँच कडा बनाइनेछ।’ नगरले पशुपतिनगर नाकामा कोरोना नियन्त्रणका लागि उच्च सतर्कता अपनाएको जनाएको छ।

प्रकाशित: २१ फाल्गुन २०७६ ०७:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App