७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रधानमन्त्री ओलीको शल्यक्रिया गर्न पाँच घण्टा लाग्ने

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गर्न अहिले अप्रेसन (शल्यक्रिया) भइरहेको छ। प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपणको लागि काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा बुधबार बिहान १० बजेपछि शल्यक्रिया सुरु गरिएको हो।

अस्पतालका निर्देशक डा‍.प्रेमकृष्ण खड्काले प्रधानमन्त्री ओलीलाई बुधबार बिहान १० बजे शल्यक्रिया कक्षमा लगिएको जानकारी दिए।

शल्यक्रिया सकिन करिब ५ घण्टा लाग्ने शल्यक्रियामा संलग्न चिकित्सकले बताएका छन्।

अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्ने शल्यक्रिया टोलीमा अस्पतालका युरोलजी तथा मिर्गौला प्रत्यारोपण विभागका प्रा. डा. प्रेम ज्ञवाली, डा. पवनराज चालिसे, डा.सुमन चापागाईं, डा. सुजित पौडेल, प्रा. डा. उत्तम शर्मा, र डा. मनीष प्रधानसँगै भारतीय डा. अनन्त कुमार पनि रहने छन्।

१२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाडेपछि प्रधानमन्त्री ओलीको अहिले दोस्रोपटक प्रत्यारोपण गर्न लागिएको हो।

 

प्रकाशित: २१ फाल्गुन २०७६ ०७:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App