७ वैशाख २०८१ शुक्रबार
समाज

डोल्पाको रोग प्रभावित क्षेत्रमा विशेषज्ञसहित चिकित्सकको टोली

औषधिसहित चिकित्सक ल्याएको नेपाली सेनाको हेलिकप्टर ।

डोल्पा- त्रिपुरासुन्दरी नगरपालिका १ करेलीकाँडामा फैलिएको रोगको नमूना परीक्षणको लागि बुधबार चिकित्सकसहितको विशेषज्ञ टोली हेलिकप्टर मार्फत पुगेको छ। फागुनको पहिलो सातादेखि फैलिएको रुघाखोकी र ज्वरोले सिँगो गाउँ थला परेपछि रोगको कारण पत्ता लगाउन चिकित्सकसहितको टोली हेलिकप्टरबाट रोग प्रभावित क्षेत्रमा पुगेको हो।

रोग प्रभावित क्षेत्रका सबै विरामीहरुको खकार र्‍याल दिशापिसाव लगायत रगतको नमूना संकलनका लागि प्रदेश अस्पतालका डाक्टर इन्द्रबहादुर थापा र ल्याब टेक्निसियन कमलकुमार थापा सेनाको हेलिकप्टर मार्फत प्रभावित क्षेत्रमा पुगेर नमूना संकलन कार्य सुरु गरेका छन्। नमूना संकलन गरेर परीक्षणको गर्न काठमाडौस्थित टेकु अस्पतालमा लगिन थालिएको डाक्टर मेलिना हमालले बताइन्।

चिकित्सकसहित माक्स, पन्जा, एन्टी भाइरल लगायतका आवश्यक औषधि समेत ल्याइएको डाक्टर हमालले बताइन्। प्रभावित क्षेत्रका विरामीमा रुघाखोकी, ज्वरो, झाडापखाला, रिंगटा लाग्ने, घाटी दुख्ने लगायतका लक्षण देखिएको स्वास्थ्यकर्मीले बताएका छन्। फागुनको पहिलो साताबाट फैलिएको रोगबाट ८० जना भन्दा बढी स्थानीय प्रभावित बनेका छन्। डोल्पाको करेलीकाँडामा फैलिएको रोग के हो भन्ने कुरा नमूना संकलनपछि मात्र थाहा हुने बताइएको छ।

 

प्रकाशित: २१ फाल्गुन २०७६ ०७:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App