coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सुनको मूल्य अहिलेसम्मकै उच्च, नयाँ रेकर्ड कायम

काठमाडौं- नेपाली बजारमा बुधबार सुनले नयाँ रेकर्ड कायम गरेको छ। आज सुन तोलामा २२ सय रुपैयाँले बढेर अहिलेसम्मकै रेकर्ड तोडेको हो। बुधबार नेपाली बजामा छापावाल सुन तोलाको २२०० रुपैयाँले बढेर ८० हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार सुन तोलामा ७८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।  

यस्तै तेजावी सुन तोलाको ८० हजार २ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। यस पटक चाँदीको मूल्य पनि बढेको छ। मंगलबार ८ सय ६० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको चाँदी बुधबार ८ सय ८० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ।

प्रकाशित: २१ फाल्गुन २०७६ ०७:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App