६ वैशाख २०८१ बिहीबार
समाज

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

भैरहवा- रुपन्देहीमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ। सिद्धार्थनगर नगरपालिका ११ नेउडिहवामा विद्यार्थी लिएर जाने क्रममा स्थानीय ४ वर्षीय बालकको बसको ठक्करबाट मृत्यु भएको हो।

मृतकका दाई बृजेश पाल स्कुल बसमा चढि जादै गर्दा बिहान ८ बजेर २० मिनेटमा भाई रितेश पाल सोही बसको ठक्करबाट दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक खड्गबहादुर खत्रीले बताए।

लु १ क २२०४ नम्बरको स्कुल बसले भाईलाई घरबाट पिकअप गरेर लैजाने क्रममा भित्री सडकमा दुर्घटना भएको होे। बसमा सवार अन्य बालबालिका सुरक्षित रहेका छन् भने बसका चालक र बस प्रहरीले नियन्त्रणमा राखेको छ।

प्रकाशित: २१ फाल्गुन २०७६ ०७:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App