coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जीप दुर्घटना हुँदा चालकको मृत्यु

डोल्पा- सदरमुकाम दुनैबाट सुँपानी आउदै गरेको भे १ च २४६४ नंवरको बोलेरो जीप दुर्घटना हुदा चालकको मृत्यु भएको छ। ठूलीभेरी नगरपालिका ५ घरभएका ३५ वर्षीय पन्चबहादुर बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

बुधवार बिहान ७ बजेको समयमा सदरमुकाम दुनैबाट सुँपानी तर्फ आउदै गरेको जीप  त्रिपुरासुन्दरी नगरपालिका ३ अन्र्तगत पर्ने डाङडुङ्गखोला नजिकको कालो भीरबाट झण्डै १ सय ५० मीटर तल खस्दा चालकको मृत्यु भएको हो। जीपमा चालक बाहेक अन्य यात्रु नभएको बताइएको छ।

प्रकाशित: २१ फाल्गुन २०७६ ०७:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App