coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

दुर्घटनामा तीनको मृत्यु, चार जना घाइते

सुर्खेत- दैलेखको धरमपोखराबाट सुर्खेतको वीरेन्द्रनगर आउँदै गरेको जीप वीरेन्द्रनगर नगरपालिका–१५ स्थित राउटे गल्छीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। भने चार जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार नमस्ते सुर्खेत यातायात प्रालिको ०२–००१ ज ०००७ नम्वरको जीप रातानाङ्ला–धरमपोखरा सडकखण्ड अन्र्तगत पर्ने राउटे गल्छी नजिकै सडकबाट चार सय मिटर तल खसेको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रवी रावलका अनुसार घटनास्थलमै दुई जना पुरुष र एक महिलाको मृत्यु भएको छ। मृतकको पहिचान खुलेको छैन। बिहान साढे नौ बजे भएको दुर्घटनामा चार जना गम्भीर घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल लगिएको छ।

प्रकाशित: २१ फाल्गुन २०७६ ०६:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App