८ वैशाख २०८१ शनिबार
कला

कोरोनाका कारण पौने ६ अर्ब घाटा बेहोर्दै फिल्म उद्योग

न्युयोर्क (एजेन्सी) – कोरोना भाइरसका कारण संसारभरको फिल्म उद्योगले पौने ६ अर्ब रुपैयाँ घाटा बेहोरेको छ। गत वर्ष ४३ अर्बको बक्स–अफिस कलेक्सन गरेको संसारभरको फिल्म उद्योगले कोरोना भाइरससँगै घाटा बेहोर्ने क्रम जारी छ।

कोरोना भाइरसका कारण संसारभर सोमबारसम्म तीन हजारको मृत्यु भइसकेको छ। हाल चीनमा रहेको ७० हजारभन्दा बढी फिल्म हल बन्द गरिएका छन्। फिल्म उद्योगको लागि तेस्रो ठूलो बजार मानिने दक्षिण कोरिया, इटाली र जापानजस्ता देशमा कोरोना भाइरसको संक्रमण बढेसँगै हलमा फिल्म हेर्ने दर्शकहरूको संख्या ह्वात्तै घटेको छ। फिल्म विश्लेषकहरूका अनुसार कोरोनाका कारण बक्स–अफिसमा कम्तीमा पौने ६ अर्ब रुपैयाँको घाटा र प्रोडक्सनमा असर परेको छ। अमेरिकामा कोरोनाबाट ६ जनाको मृत्यु भएसँगै घाटा बेहोर्ने क्रम बढ्ने अनुमान उनीहरूले गरेका छन्। संसारभरको फिल्म उद्योगको लागि दोस्रो ठूलो बजार मानिने चीनका फिल्म हलहरू बन्द भएसँगै ठूलो बजेट फिल्महरू प्रभावित भएका छन्। चीनको अर्थतन्त्रमा यहाँको फिल्म उद्योगले महŒवपूर्ण भूमिका निवार्ह गर्दछ। राष्ट्रिय बक्स–अफिसको मुख्य दिन मानिने चिनियाँ नयाँ वर्षसँग हजारौं फिल्म हल बन्द गरिएका छन्। चीनमा वान्डा, दादी, बोना र सिजिभीलगायत लोकप्रिय फिल्म हलहरूका शाखा बन्द गरिएका छन्। रिपोर्टका अनुसार वितरकहरूले चिनियाँ नयाँ वर्षलाई केन्द्रित गरेर सात वटा ब्लाकबस्टरको रिलिज रोकेका थिए। नयाँ वर्षमा टिकट बिक्रीबाट चीनमा १ अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी हुन्छ।

संसारभरको फिल्म उद्योगको लागि पाँचौं ठूलो बजार मानिने दक्षिण कोरियामा कोरोना संक्रमणसँगै बक्स–अफिस कलेक्स ८० प्रतिशतले घटेको छ। ‘कोरोनाको संक्रमणसँगै यहाँको स्थिति नाजुक भएको छ,’ कोरिया फिल्म कमिसनका एक अधिकारीले भने, ‘एक साताको दर्शकको संख्या ४० प्रतिशतले घटेको छ।’

दक्षिण कोरियाको लोकप्रिय सिजिभी, लोटे सिनेमा र मेगाबक्स जस्ता हलले आफ्ना शाखाहरू बन्द गरेका छन्। ‘सन् २००९ को स्वाइन फ्लुजस्तै कोरोनाको संक्रमण बढेपछि हलहरू बन्द गर्न बाध्य भएका छौं,’ सिजिभीका एक कर्मचारीले भने। संक्रमण बढेपछि विश्वको प्रतिष्ठित अस्कर अवार्ड जितेको दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ ले आफ्नो रिजिल मिति सारेको छ।

यता इटालीका आधाभन्दा बढी फिल्म हलहरू बन्द गरिएका छन्। गत वर्षको तुलनामा इटालीको बक्स–अफिस ७६ प्रतिशतले घटेको अनुमान गरिएको छ। त्यस्तै ग्रीन डे, के–पप ब्यान्ड बिटिएस र बब डेलेनलगायत कलाकारले अन्तर्राष्ट्रिय सांगीतिक टूर रद्द गरेका छन्। कोरोनाको कारण ‘मिसन इम्पोसिबल ७’ को सुटिङ रोकिएको छ भने टोकियो डिज्नी रिसोर्ट बन्द गरिएको छ। कान्स फिल्म महोत्सवको आयोजकले तत्कालको स्थिति हेरेर महोत्सवको निर्णय गर्ने घोषणा गरेको छ।

प्रकाशित: २१ फाल्गुन २०७६ ०४:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App