coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘नेपाली फिल्म निर्माणमा चुनौती छ’

कैलाली – अभिनेता राजेश हमालले नेपाली फिल्म निर्माणमा चुनौती रहेको बताएका छन्। धनगढीका आयोजना भइरहेको विश्व नेपाली साहित्य महोत्सवअन्तर्गत सोमबार आयोजित ‘जीवन: पर्दा भित्र र पर्दा बाहिर’ सत्रमा बोल्दै उनले नेपाली फिल निर्माण गर्न चुनौती रहेको जानकारी गराएका थिए।

‘नेपाली फिल्ममा प्रयोग हुने प्रविधि, लगानीकर्ता र दर्शकका फिल्म क्षेत्रलाई अप्ठ्यारो छ। फिल्म क्षेत्र फस्टाइरहेको अवस्थामा फरक शैलीका फिल्महरू निर्माण हुने क्रमले निरन्रतता पाउनु जरुरी छ,’ उनले भने। ‘भाग्य रेखा’ फिल्मबाट फिल्म यात्रा सुरु गरेका उनले पहिलो फिल्म असफल भएपनि पहिलो गाँसामा ढुंगा भएको महसुस गरेका थिए।

आम दर्शकलाई मनपर्ने समानुभूतिको भावनालाई प्रेरित गर्ने पात्रहरूमार्फत उनले अलग पहिचान बनाएको बताए। ‘एक नम्बरको पाखे’, ‘पालेदाई’ र ‘भरिया’ जस्ता फिल्महरूमा उनले पात्रअनुसार आफूलाई तयार गरेका थिए। ‘मैले निर्वाह गरेका भूमिकाहरू आम दर्शकको लाेि उनीहरूले त्यसमा आत्मियता पाएका थिए। यो मेरो लागि खुसीको कुरा हो,’ उनले भने, ‘कलाकारितामार्फत माया, प्रेम र रिस एकसाथ प्रस्तुत गनुपर्ने हुन्छ।’

नेपाली फिल्मको स्तर बिगारेको आरोप खेपिरहेको उनी अहिलेको परिस्थितिसँग उबेलाका फिल्म तुलना गर्नु गलत भएको बताउँछन्। ‘मैले धेरै फिल्मका काम गरिदिएर यो क्षेत्रको स्तर नसुध्रिएको गुनासो सुन्ने गर्दछु। यो बेलाको स्थितिलाई त्यही बेलाको चश्मा लगाएर हेर्नुपर्छ। कारण त्यो बेला धेरै फिल्म बन्नु भनेको अवसर सिर्जना हुनु भन्ने थियो। नेपाली फिल्ममेकर, प्राविधिक र कलाकारले रोजगारी पाएका थिए,’ उनले भने, ‘मैले करिअरको सुरुवातमा संख्यात्मक फिल्मलाई निरन्तरता दिएको थिएँ। करिअरको सुरुवातमा संख्यात्मक काम गर्न जरुरी हुन्छ।’

सुदूरपश्चिमको कला, साहित्य र संस्कृतिको पहिचानका लागि आयोजना भइरहेको विश्व नेपाली साहित्य महोत्सवअन्तर्गत विभिन्न सत्रहरूमा कलाकार, साहित्यकार र नेताहरू सहभागी भइरहेका छन्। गत फागुन १४ देखि सुरु भएको महोत्सवले नेपाली साहित्यको प्रवद्र्धन गरेको दाबी आयोजकले गरेको छ।

सुदूरपश्चिम साहित्य समाजले आयोजना गरिरहेको महोत्सवमा अमेरिका, भारत र म्यानमारमा रहेका नेपालीभाषी साहित्यकारहरू सहभागी भइरहेका छन्।

‘कला, साहित्य र संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन महोत्सवको आयोजना गरेका हौं,’आयोजक सुदूरपश्चिम साहित्य समाज धनगढीका अध्यक्ष रामलाल जोशीले भने, ‘संसारभर रहेका नेपालीभाषी साहित्यकारहरू महोत्सवमा सहभागी भएर कला, साहित्य र संस्कृतिको विकासको निम्ति अन्तक्र्रिया गरिरहेका छन्।’ महोत्सवमा कविता वाचनदेखि साहित्यिक विषयमा अन्तक्र्रिया समेत भइरहेका छन्। महोत्सवको अवधिमा सुदूरपश्चिम प्रदेश सरकारले खुला देउडा प्रतियोगिताको समेत आयोजना गरिएको छ।

प्रकाशित: २१ फाल्गुन २०७६ ०३:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App