सहमति हुनेमा प्रधानमन्त्री ढुक्क

बिहिबार, २१ पुष २०७३, ०८ : २२ नागरिक

काठमाडौं- संविधान संशोधन प्रस्तावलाई लिएर अवरुद्ध संसद् खुलाउनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख ओनसरी घर्तीबीच बुधबार बिहान भेटवार्ता भएको छ।  भेटवार्ता बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको हो।

भेटमा प्रधानमन्त्री दाहालले केही दिनभित्र राजनीतिक सहमति जुट्ने र संसद् बैठक पनि चल्ने विश्वास सभामुख घर्तीलाई दिलाएका छन्।

सभामुख घर्ती अवरुद्ध संसद् चल्ने वातावरण बनाइदिन आग्रह गर्न प्रधानमन्त्रीनिवास पुगेकी हुन्।

सरकारले संसद् सचिवालयमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने माग गर्दै मंसिर १६ देखि प्रमुख प्रतिपक्षी एमालेसहित नौ दलले निरन्तर संसद् अवरुद्ध गर्दै आएका छन्। 

पुस २४ भित्र राजनीतिक सहमति हुन नसके आफू संसदीय प्रक्रियाबाट भए पनि संसद् चलाउन बाध्य हुने जानकारी सभामुख घर्तीले प्रधानमन्त्रीलाई गराएको उनका प्रेस सल्लाहकार बबिन शर्माले बताए। 'राजनीतिक सहमति जुटाउन मैले पहलकदमी गरिरहेको छु, २४ गतेभित्र सहमति भइसक्ने विश्वास पनि लिएको छु,' प्रधानमन्त्री दाहाललाई उद्धृत गर्दै शर्माले नागरिकसँग भने, 'त्यसका लागि आजै (बुधबार) बाट पुनः पहलकदमी थाल्नेछु।' उनका अनुसार २४ गतेभित्र राजनीतिक सहमति जुट्ने विश्वास प्रधानमन्त्री दाहालले सभामुख घर्तीलाई दिलाएका छन्।








यसमा तपाईको मत

अन्य समाचार

डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त

डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त

नेपाल क्रेडिट एन्ड कमर्स बैंकले नबिल बैंकलाई डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । ...

डिएभी स्कुलको वार्षिकोत्सव सम्पन्न

डिएभी स्कुलको वार्षिकोत्सव सम्पन्न

वीरगन्जस्थित डिएभी स्कुलको २६औं वार्षिकोत्सव सम्पन्न भएको छ । ...

हिमालयको क्वालालम्पुर पुनः सीधा उडान सुरु

हिमालयको क्वालालम्पुर पुनः सीधा उडान सुरु

हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सीधा उडान सुरु गरेको छ । ...

सीता एयरले लामिडांडा र सुकेटार उडान थाल्ने

सीता एयरले लामिडांडा र सुकेटार उडान थाल्ने

सीता एयरले प्रदेश १ का धार्मिक स्थलहरू हलेसी र पाथीभरालाई लक्षित गरी उडान सुरु गर्ने तयारी गरेको छ । ...

नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड हिलटेकलाई

नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड हिलटेकलाई

हिलटेक प्लास्टिक एन्ड पाइप प्रालि नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...

सुबिसु, ईन्टरनेट पार्टनरका रुपमा प्रस्तुत

सुबिसु, ईन्टरनेट पार्टनरका रुपमा प्रस्तुत

नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबल नेट प्रा. लि.ले पोखरा प्रिमियर लिगको दोस्रो...

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad