coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कार्यबहाक प्रधानमन्त्री पोखरेलद्वारा नगरपालिकाको भवन उद्घाटन

नगरपालिकाको भवन उद्घाटन गर्ने क्रममा पोखरेल।

बारा- कार्यबहाक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार एक कार्यक्रमकाबीच निजगढ नगरपालिकको नव निर्मित भवनको उद्घाटन गरेका छन्। संघिय सरकारको एक करोड र निजगढ नगरपालिकाको आन्तरिक स्रोतबाट तीन करोड  गरेर लगभग चार करोडको लागतमा काठमाडौको प्रतिष्ठा कन्स्ट्रशनले भवन निर्माण गरेको निजगढ नगरपालिका प्रमुख सुरेशकुमार खनालले बताएका छन्।

निजगढ नगरपालिका ७ मा बिभिन्न व्यक्तिहरुले दानमा दिएको नौ कट्ठा जग्गामा सभा हल, नगरपालिकाको हल, बिभिन्न शाखाहरु गरेर २८ कोठे दुई तल्ले भवन निर्माण रहेको प्रमुख खनालले बताए।

निजगढ नगरपालिकाको भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै  पोख्रेलले निजगढको बिकासमा स्थानीय जनप्रतिनिधिले गरेको मेलमिलाप अन्य स्थानीय तहहरुलाई राम्रो सन्देश गरिएिको बताए। बिभिन्न पार्टीबाट चुनाव लडेर जनप्रतिनिधि भईसकेपछी दलगत स्वार्थ भन्दामाथि उठेर काम गर्दा निजगढ नगरपालिका समृद्ध नगर बन्ने बिश्वास समेत पोखरेलले गरे।

निजगढ–काठमाण्डौं दु्रतमार्ग फास्ट ट्रयाक निर्माणबारे आशंका नगर्न आग्रह आग्रह समेत उनले गरे।
सेनाले निर्माणको जिम्मेवारी पाएको दुई वर्ष पुगेको भन्दै डिपीआर तयारदेखि अन्य तयारीमा लाग्दा केही अलमल भए पनि अहिले धेरै प्रगति देखिएको पोखरेलले दाबी गरे।

फास्ट ट्रयाकमा लेभल मिलाउने, माटो सम्बन्धि धेरै काम भएको भईरहेको जानकारी दिँदै मुख्य कामको रुपमा रहेको सुरुङ र पुल बनाउने काम गोल्बल टेन्डर परेपछि सुरु गरिने आश्वासन समेत पोखरेलले दिए।

नेपालको भाग्य र भविष्य बदल्छ भन्ने थाहा पाएर यसलाई रोक्न चाहानेहरु पनि लागेको हुन सक्ने भन्दै मन्त्री पोखरेलले अनेक बाहाना गर्नेहरुसँग सरकार सर्तक रहेको उनले बताए।

फास्ट ट्र्याकसँग जोडिएको एयरपोर्ट बन्छ
कार्यबहाक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले फास्ट ट्र्याकसंग जोडिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्ने दाबी गरे। फास्ट ट्र्याक बन्छ र यससँग टाँसिएको एयरपोर्ट पनि बन्ने विश्वास ठोकुवा पोखरेलले गरे।
दोस्रो अन्तराष्ट्रिय विमानस्थल बनाउन बाहिरी र भित्री कचिङगल रहेको भन्दै त्यसको सामना गरेर विमानस्थल बनाई उनले बताए।

राष्ट्रिय आवश्यकता पूरा गर्नका लागि सरकारले विमानस्थल बनाउने तिर लागेको दाबी समेत उनले गरे।
विमानस्थल बारे सर्वोच्चले आदेश दिएको बारेमा अदालतमा कानुनमा टेकेर मुद्दा हालेपछि आदेश दिएको भन्दै त्यसलाई कानुन सम्बद्ध रुपमा सम्बोधन हुने पोखरेलले बताए।
 

प्रकाशित: २० फाल्गुन २०७६ १४:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App