८ वैशाख २०८१ शनिबार
राजनीति

अर्थमन्त्री खतिवडाद्वारा राजीनामा, पुन: नियुक्तिको तयारी

काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन्। राष्ट्रिय सभा सदस्य रहेका उनको दुई वर्षे कार्यकाल आज मध्यरातबाट सकिदैछ। कार्यकाल सकिनै लाग्दा उनले मन्त्री पदबाट राजीनामा दिएका हुन्।

तर उनलाई पुन अर्थमन्त्रीमा नियुक्तिको तयारी गरिएको छ। खतिवडाले मन्त्रीमा निरन्तरता दिन सक्ने भए पनि केही प्राविधिक कुरा मिलाउन राजीनामा दिएका हुन्। उनलाई संविधानको धारा ७८ अनुसार पुन: नियुक्तिको तयारी गरिएको हो।  धारा ७८ अनुसार संघीय संसदको सदस्य नभएको व्यक्ति मन्त्रीमा नियुक्त हुन सक्नेछन्। तर उनले ६ महिना भित्र संघीय संसदको सदस्यता प्राप्त गर्नुपर्ने हुन्छ।

स्रोतका अनुसार उनलाई भोली नै अर्थमन्त्रीमा नियुक्तिको तयारी गरिएको छ।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App