coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

तीनवटै तहको निर्वाचन गर्न आवश्यक छ : डा. भट्टराई

दमौली- नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले संविधान संशोधन गरी तीनै तहको निर्वाचन गर्न आवश्यक रहेको बताए।

घर घरमा नयाँ शक्ति अभियानअन्तर्गत नयाँ शक्ति नेपाल क्षेत्र नं. ३ तनहुँद्वारा आज दुलेगौडामा आयोजित कार्यक्रममा उहाँले मधेसी मोर्चाको माग सम्बोधन हुने गरी संविधान संशोधन गर्न आवश्यक रहेको बताए।

संयोजक भट्टराईले भने– “पार्टी आर्थिक समृद्धिको नारा लिएर अगाडि बढेको छ, त्यसमा सबैको साथ आवश्यक पर्छ।”

पार्टी सङ्गठन विभाग प्रमुख देवेन्द्र पौडेल, तनहुँ क्षेत्र नं. ३ का संयोजक गोविन्द भट्टराई, शुक्ला गण्डकी नपाका संयोजक सूर्यनारायण श्रेष्ठ, सचिवालय सदस्य जनार्दन वियोगी लगायतले संविधान कार्यान्वयनका लागि प्रमुख दल मिल्नुको विकल्प नभएको बताए। रासस

प्रकाशित: २० पुस २०७३ १४:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App