६ वैशाख २०८१ बिहीबार
अर्थ

होटल-रेष्टुराँले लिने १० प्रतिशत सेवा शुल्क पूरै मजदूरलाई दिन माग

काठमाडौं– अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदूर संघले सेवाग्राहीबाट प्राप्त हुने दस प्रतिशत सेवा शुल्क पुरै मजदुरलाई दिनुपर्ने माग गरेको छ।

पुस २५ गतेसम्म माग राखे ज्ञापन पत्र बुझाएका छौं । माग सुनुवाई भएन भने कडा आन्दोलनको कार्यक्रम सञ्चालन गर्ने छौं,’ सघका महासचिव मुक्ति दाहालले भने।

होटल संघ नेपाल, रेस्टुरेन्ट तथा बार एसोसिएसन, फाष्टफुड एसोसिएसनमा माग पत्र बुझाउँदै सेवा शुल्कको विषयमा तीन तीन वर्षमा पुनरावलोकन हुने व्यवस्था समेत लागू गर्न माग गरेको छ। हाल सेवा शुल्कको ६८ प्रतिशत कामदार तथा मजदूर, ३० प्रतिशत व्यवस्थापक र २ प्रतिशत होटल संघले प्राप्त गर्दै आएको छ।

२००६ डिसेम्बर ३० बाट १० प्रतिशत सेवा शुल्कको व्यवस्था नेपालमा लागू गर्ने विषयमा सरकार, होटल व्यवसायी र मजदूर संगठनहरुबीच सहमति भएको थियो।

‘पुस २५ गतेसम्म माग राखे ज्ञापन पत्र बुझाएका छौं । माग सुनुवाई भएन भने कडा आन्दोलनको कार्यक्रम सञ्चालन गर्ने छौं,’ सघका महासचिव मुक्ति दाहालले भने।
 

प्रकाशित: २० पुस २०७३ १३:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App