coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

उद्दार तथा राहतका लागि तयारी अवस्थामा रहन समितिको निर्देशन

काठमाडौं–व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिले विपद् व्यवस्थापनमा कुनै कसर बाँकी नराख्न सरकारलाई निर्देशन दिएको छ। सोमबार बसेको समितिको बैठकले बर्षायाममा हुने प्राकृतिक विपद् व्यवस्थापन गर्न समन्वयात्मक विशेष कार्य संचालन केन्दु संचालन  गर्न निर्देशन दिएको हो। समितिले मुलुकभर देखिएको बाढी पहिरोको प्रकोपबाट पीडित भएकालाई छिटो उद्दार तथा वितरण गर्न तल्लोतहदेखि केन्द्रसम्म समन्वयको अभाव भएको भन्दै  सो केन्द्र  स्थापना गर्न निर्देशन दिएको हो।

समितिले वितद् व्यवस्थापनमा सरकारको तयारीका विषमया छलफल गर्न गृहमन्त्री, रक्षामन्त्री, नेपाली सेना तथा सशस्त्र प्रहरीसँग छलफल गरेको थियो। सो अवसरमा रक्षा मन्त्री भीम रावलले विपद् व्यवस्थापनमा सरकारसँग स्रोत र साधानको कमी रहेको भन्दै सरकारसँग उपलब्ध भएका स्रोत साधन तयारी अवस्थामा रहेको जानकारी गराएका थिए।  उनले विपद् व्यवस्थापन गर्न सरकारका संयन्त्र तयारी अवस्थामा रहेकोे जनाएका थिए। 

उपप्रधानमन्त्री रावलले सरकारले तीनवटा हेलिकप्टर किन्ने निर्णय गरेको जानकारी गराउँदै तीनै वटा हेलिकप्टरलाई उद्दार तथा राहत वितरणमा प्रयोग गर्ने सरकारको तयारी रहेको जानकारी गराएका थिए। त्यसका लागि इटहरी, सुर्खेत र काठमाडौंमा अलगै हवाइ अड्डा बनाउने तयारी भएको जनाएका थिए।

बैठकमा गृहमन्त्री शक्तिबहादुर बस्नेतले यो वर्ष बैशाखदेखि  हिजो आइतबारसम्म मुलुकका विभिन्न जिल्लामा ९२ वटा बाढी पहिरोका घटना भएको र त्यसक्रममा ३२ जनाको मृत्यु, १७ जना बेपत्ता ४८ जना घाइते भएको जानकारी गराएका छन्। गृहमन्त्री बस्नेतले बाढी पहिरोका कारण १०४ घर पूर्ण रुपमा क्षतिग्रस्त भएको, १५७ घरमा आशिंक क्षति भएको समितिलाई जानकारी गराएका थिए।

 

प्रकाशित: २० असार २०७३ ०७:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App