८ वैशाख २०८१ शनिबार
कला

कलादेखि राजनीतिसम्मका बहस

धनगढी – सुदूरपश्चिमको कला, साहित्य र संस्कृतिको पहिचानका लागि आयोजना भइरहेको विश्व नेपाली साहित्य महोत्सवअन्तर्गत आइतबार विभिन्न सत्रमा कलाकार र साहित्यकारहरूले बहस गरेका छन्।

‘विद्धताले नधानेको राजनीति’ सत्रमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र नेपाली कांग्रेसका नेता प्रदिप गिरीले अन्तक्र्रिया गरेका थिए। ‘जन्मेको बच्चालाई शान्तिपूर्वक दुध चुसाउनु राजनिति हो भने आफ्ना अगाडि भएको काम गर्ने क्षमतालाई विद्धता भन्नुपर्छ,’ नेता गिरीले भने। पूर्व प्रधानमन्त्री भट्टराईले विद्धतामाथि विश्लेषण गरेका थिए। ‘विद्धता र ज्ञानले राजनीतिलाई थेग्न सक्दैन्। परिकल्पना गरेर सोच्न मग्न भएर विश्लेषण गरेर अन्तरविरोधसहित समस्या समाधान गर्न सक्ने विद्धता राजनीतिमा आवश्यक रहेको छ,’ उनले भने।

‘प्रदेश सरकारका सपना’ सत्रमा भने सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले विकास र समृद्धीको लागि विभिन्न योजना अगाडि ल्याएको बताए। ‘सुदूरपश्चिमको विकास र आर्थिक समृद्धीको लागि प्रदशे सरकारले विभिन्न योजनासहितको कामलाई निरन्तरता दिएको छ। कृषि, पर्यटन र जलस्रोत लगायत क्षेत्रमा योजनासहितको कामलाई कार्यान्वयन गरिरहेका छौं, उनले भने।

गत बुधबारदेखि सुरु भएको महोत्सवले नेपाली साहित्यको प्रवद्र्धन गरेको सहभागी साहित्यकार मोहनसिंह सिटौलाले बताए। ‘विदेशमा रहेका नेपाली भाषी साहित्यकारहरूको जमघट रहेको महोत्सवमा साहित्य, कला र संस्कृतिमा विभिन्न आयाममाथि सञ्चालित बहसहरूले यसको संरक्षणमा जोड दिएको महसुस गरेको छु,’ उनले भने, ‘राजधानीबाहिर आयोजना भएको महोत्सव आफैमा रोचक छ।’

महोत्सवअन्तर्गतको ‘महको रस’ मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, ‘हास्य व्यंग्य झटारो’ मा मनोज गजुरेल र ‘साहित्य र राजनीति अन्तरद्वन्द्व कि अन्तर्सम्बन्ध’ सत्रमा लोकेन्द्रबहादुर चन्द र मोदनाथ प्रश्रित सहभागी भएका थिए। ‘संघर्ष र सफलताको कथा’ सत्रमा सासंद उमादेवी र शान्ता चौधरीले आ–आफ्नो अनुभव सुनाएका थिए। सुदूरपश्चिम साहित्य समाजले आयोजना गरिरहेको महोत्सवमा अमेरिका, भारत र म्यानमारमा रहेका नेपालीभाषी साहित्यकारहरू सहभागी भइरहेका छन्। ‘कला, साहित्य र संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन महोत्सवको आयोजना गरेका हौं,’आयोजक सुदूरपश्चिम साहित्य समाज धनगढीका अध्यक्ष रामलाल जोशीले भने, ‘संसारभर रहेका नेपालीभाषी साहित्यकारहरू महोत्सवमा सहभागी भएर कला, साहित्य र संस्कृतिको विकासको निम्ति अन्तक्र्रिया गरिरहेका छन्।’

एक साता चल्ने महोत्सवमा कविता वाचनदेखि साहित्यिक विषयमा अन्तक्र्रिया समेत भइरहेका छन्। साहित्यकार, कलाकारदेखि नेतासम्मले महोत्सवकान विभिन्न छलफलमा सहभागी भएका छन्। महोत्सवको अवधिमा सुदूरपश्चिम प्रदेश सरकारले खुला देउडा प्रतियोगिताको समेत आयोजना गरिएको छ।

प्रकाशित: २० फाल्गुन २०७६ ०४:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App