coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

कोरोनाको कारण अन्तर्राष्ट्रिय फिल्म महोत्सव स्थगित

काठमाडौं – कोरोना भाइरसका कारण आठौं नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सव स्थगित भएको छ। सोमबार मानवअधिकार चलचित्र केन्द्रले प्रेस विज्ञप्तिमार्फत आगामी फागुन २१ देखि हुने भनिएको नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सव स्थगित भएको जानकारी गराएको थियो।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारले सभा, सम्मेलन, महोत्सवहरू नगर्न गरेको आह्वानलाई सम्मान गर्दै आयोजक मानवअधिकार चलचित्र केन्द्रले यस्तो निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। यसअघि महोत्सवमा नेपाल र विदेशमा मानवअधिकारका विषयमा निर्माण भएका फिल्महरू प्रदर्शन हुँदै आएको थियो। यस वर्ष ३२ देशका ८४ फिल्महरू महोत्सवका लागि छनोट भएका थिए।

आयोजकका अनुसार महोत्सवमा सहभागी हुन १७ देशका २२ फिल्ममेकरहरू नेपाल आउने निश्चित भएको थियो। ‘कोरोना भाइरस संक्रमणको सम्भावनालाई लक्षित गरी नेपाल सरकारले गरेको आह्वानको हामी सराहना गर्दछ। महोत्सवको अर्को मिति स्थिति सामान्य भएपछि घोषणा गरिनेछ। आठौं महोत्सवका लागि छानिएका फिल्महरू आगामी मितिमा प्रदर्शन गरिनेछन्,’ मानव अधिकार चलचित्र केन्द्रका कार्यकारी निर्देशक पाण्डव खत्रीले भने, ‘महोत्वस स्थगित भएका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्ममेकरहरू र सहभागीहरूमा पर्न गएको असरका लागि हामी क्षमा माग्छौं।’

प्रकाशित: २० फाल्गुन २०७६ ०३:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App