१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

चीनसँगका नाका बन्द गर्न सांसदको माग

सुर्खेत – कोरोना संक्रमण रोक्नका लागि चीनसँगका सीमा नाका बन्द गर्न कर्णाली प्रदेशका सांसदहरूले माग गरेका छन्। सांसदहरूले कर्णालीका हिमाली जिल्लामा विभिन्न रोगको संक्रमण बढ्दै गएकाले चीनसँगका सीमा नाका तत्कालका लागि बन्द गर्नुपर्ने बताएका हुन्। डोल्पाबाट प्रतिनिधित्व गर्ने सांसद बद्मी क्वारी बोहराले त्रिपुरासुन्दरी गाउँपालिका–१ को करेलीकाँडाको सिंगो बस्तीमा फैलिएको संक्रमण कोरोना भाइरससँग मिल्दोजुल्दो रहेकाले तत्काल चिकित्सक र औषधि पु¥याउन सरकारसँग माग गरिन्। डोल्पाको धो–मोरिम्ला, हुम्लाको हिल्सा, मुगुको नाक्चेनाङ्ला नाका तत्कालका लागि बन्द गर्नुपर्ने सांसद बोहराको माग छ।

सांसद वीरबहादुर शाहीले विश्वभर कोरोनाको संक्रमण बढीरहेका बेला प्रदेश र संघीय सरकार त्यसको रोकथामका लागि पूर्वतयारीमा नलागेको आरोप लगाए। ‘कर्णालीका हिमाली तथा पहाडी जिल्लाका गाउँहरूमा विभिन्न रोगको संक्रमण देखिएका छन्,’ सांसद शाहीले भने, ‘त्यसको रोकथामका लागि सरकारले लक्ष चिकित्सक र औषधि पठाउन आवश्यक छ।’ सांसद अम्मरबहादुर थापाले चीनसँग सीमा जोडिएको प्रदेश भएकाले कोरोना भाइरस संक्रमण पनि उच्च रहेको बताए।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद हिमबहादुर शाहीले चीनसँग सीमा जोडिएका सीमा नाकाका साथै कर्णालीका मुख्यमुख्य प्रवेशद्धारमा कोरोना भाइरस पहिचानका लागि स्क्रिनिङको व्यवस्था गरिनुपर्ने बताए।

प्रकाशित: २० फाल्गुन २०७६ ०३:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App