coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तरी नाइजेरियामा लुटेरा समूहको आक्रमणमा कम्तीमा ५० को मृत्यु

कोना – उत्तरी नाइजेरियाको विभिन्न गाउँमा भएका लुटेरा समूहको आक्रमणमा परी कम्तीमा ५० व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन्। लुटेराहरूले चौपाया चोरी गर्ने र अपहरण गर्ने क्रममा गाउँलेहरूले प्रतिकार प्रयास गर्दा उनीहरूमाथि आक्रमण भएको नाइजेरियाको प्रहरीले बताएको छ।

स्रोतका अनुसार लुटेराको करिब सय जनाको सशस्त्र जत्थाले कादुना राज्यको केरावा, जारेयावा र मिन्दा गाउँमा आइतबार बिहान मस्जिदमा प्रार्थना गर्न पुगेका क्रिश्चियन धर्मावलम्बीलाई गोली हानी हत्या गरेका थिए। ‘गाउँलेको हत्यापछि गाउँमा पसी उनीहरूका चौपाया लुटेका थिए भने केटाकेटीलाई अपहरण गरी लगेका थिए,’ नाइजेरियाको सांसद जैयद इब्राहिमले भने।

लुटेराहरूले स्थानीय दर्जनौं घरमा आगजनीसमेत गरेको पनि बताइएको छ। नाइजेरियाको सेनाले लुटेरा लुकेर बसेका स्थानमा गाउँलेहरूको सहयोगमा गरेको आक्रमणको बदलामा गाउँलेहरूको निर्मम हत्या भएको स्थानीय प्रशासक दायेबु केरावाले बताए।

‘लुटेराहरूले स्थानीयलाई उनीहरू बस्ने इलाकाबारे सेनालाई सूचना दिएको भन्दै गोली हानेका घटनाबाट उम्किन सफल एक घाइतेले बताएका छन्,’ केरावाले भने, ‘हामीले शनिबार ५१ जनाको सनाखत गरेका छौं। घटनामा घाइते भएका दर्जनौं मानिसलाई अस्पतालमा भर्ना गरिएको र केही घाइतेको अझै चिन्ताजनक अवस्था रहेकाले मृतक संख्या बढ्नसक्ने देखिएको छ।’

कादुनाका प्रहरी प्रवक्ता मोहम्मद जालिजले घटनाबारे अनुसनधान सुरु भएको बताएका छन्। नाइजेरियामा पछिल्ला केही वर्षमा आपराधिक समूहको आक्रमणमा परी गाउँलेहरूको मृत्यु हुने क्रम बढेको छ। नाइजेरियामा लुटेराहरूले चौपाया तथा गाउँलेको सम्पत्ति लुट्न र अपहरण गर्ने क्रममा वर्षेनी सयौंको हत्या गर्ने र गाउँमा आगो लगाउने गरेका छन्।

प्रकाशित: २० फाल्गुन २०७६ ०१:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App