७ वैशाख २०८१ शुक्रबार
राजनीति

महाधिवेशनमा सिटौलाको छुट्टै टिम हुने

फाइल तस्बिर

दमक – नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीको १४औं महाधिवेशनमा छुट्टै टिम कायम राख्ने बताएका छन्। उनले सभापति शेरबहादुर देउवासँग सहमत नभएकै कारण तेस्रो पक्षको नेतृत्व आफूले गर्नुपर्ने बताए। पार्टीका सबै जनवर्गीय संगठनको अधिवेशन सकिएपछि आफ्नो टिम घोषणा हुने उनले बताएका छन्।

झापाको चन्द्रगढीमा पत्रकार सम्मेलन गरी नेता सिटौलाले पार्टी नीति, नेतृत्व र कार्यक्रम परिमार्जन गर्नुपर्ने र त्यसका लागि छुट्टै नेतृत्वलाई स्थापित गर्नुपर्ने बताए। पार्टी सभापति शेरवहादुर देउवासँग विभाग गठन, केन्द्रीय सदस्य मनोनयनमा मौन रहेका सिटौलाले गृहजिल्लामा पार्टीको नेतृत्व परिवर्तन गर्नुपर्ने धारणा राखे। देउवाले काभ्रेका शिव हुमागाईलाई श्रमिक तथा ट्रेड युनियन विभाग प्रमुखको जिम्मेवारी दिएका थिए भने झापाका सुधीर कुमार सिवाकोटी आमन्त्रित केन्द्रीय सदस्यको सूचीमा मनोनित गरेका थिए। हुमागाई र शिवाकोटी दुवै सिटौला पक्षका हुन्। मनोनयनप्रति वरिष्ठ नेतारामचन्द्र पौडेल समूहले विरोध जनाइरहँदा मौन बसेका सिटौलाले भने १४औं महाधिवेशनमा देउवालाई सघाउने विषयमा सोच्न पनि नसकिने बताएका छन्। ‘म सभापतिको उम्मेदवार होइन भन्ने भ्रम छ भने आजै त्यागिदिनुस्। समय आएपछि उम्मेदवारी घोषणा हुन्छ,’ उनले भने, पार्टीका सबै तहका अधिवेशन सकिएपछि मङसिरमा टिमको घोषणा गर्छु।’

लामो समय पार्टीको कोइराला समूहनिकट भएर नेतृत्वमा पुगेका सिटौला कांग्रेसको १३औं महाधिवेशनमा सभापति लडेका थिए। तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि रामचन्द्र पौडेललाई नेता नमान्ने भनेर उनले बेग्लै टिम घोषणा गरेर चुनावमा गएका थिए। सिटौलाले पार्टीभित्रका समस्या समाधान गर्न अहिलेको नेतृत्व सक्षम नभएको दाबी गरे। महाधिवेशनबाट विवाद अन्त्य गर्दै पार्टीलाई गतिशिल बनाउनुपने भन्दै उनले अरुको आलोचना मात्रै गरेर संगठन बलियो नहुने धारणा राखे।

भटाभट नियुक्ति गर्दै देउवा
काठमाडौं, फागुन १९ (नागरिक)– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई केन्द्रीय सदस्य, छ आमन्त्रित सदस्यसहित सात विभाग प्रमुख तोकेका छन्। नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्षको बिमतिबीच शनिबार १३ विभाग प्रमुख तोकेका सभापति देउवाले सोमबार त्यसलाई निरन्तरता दिएका हुन्।

सभापति देउवाले धारा ४ (१०) (ग) र (ङ) अनुसार केन्द्रीय सदस्य र आमन्त्रित सदस्यमा मनोनित गरेका छन्। जंगीलाल राय(सर्लाही) र कर्णबहादुर बुढा(डोल्पा)लाई केन्द्रीय सदस्य र मोहनसिंह राठौर(कैलाली), शम्भुलाल श्रेष्ठ(सर्लाही), अभिषेख प्रताप शाह(कपिलवस्तु), दयाराम पाण्डे (लम्जुंग), जनकराज कलौनी(डडेल्धुरा) र भूमिबहादुर(विश्व) गुरुङ(स्याङ्जा)लाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरेका छन्। उनले नियमावली नियम ५० अनुसार जेष्ठ राजनीतिज्ञसभामा ३० नेतालाई मनोनित गरेका छन्।देउवाले सोमबार नै पार्टीको धारा ३७ (१) ग अनुसार निकट सात नेतालाई विभाग प्रमुखको जिम्मेवारी तोकेका हुन्। शनिबार आफूनिकट नेतालाई संगठन विभागसहित १३ संयोजक तोकेका सभापतिले एनपी साउदलाई शुभेच्छुक संस्था, अम्बिका बस्नेतलाई वन, वातावरण तथा विपद् व्यवस्थापन, ईश्वरी न्यौपाने महिला, केशवकुमार बुढाथोकीलाई राज्य प्रशासन, मोहनबहादुर बस्नेतलाई खेलकुद, बीरबहादुर बलायरलाई निर्माण व्यवसायी र हरिप्रसाद नेपाललाई शिक्षा विभागको जिम्मेवारी दिएका छन्।

पौडेलसहित असन्तुष्ट पक्षीय नेताहरूले पार्टीको सम्पूर्ण ध्यान महाधिवेशनमा केन्द्रित गर्नुपर्ने बेला सभापति देउवा विभाग गठन गरेर निकट नेताहरूको व्यवस्थापनमा लागि परेको आरोप लगाएका छन्। वीरगञ्जबाट महाधिवेशन केन्द्रित प्रदेशस्तरीय भेला सुरु गरेको संस्थापन इतर समूहले सभापति देउवा विधानविपरीत अघि बढेको भन्दै विभाग गठनलाई पनि अजेन्डाका रूपमा प्रस्तुत गर्न थालेका छन्। उनीहरुले शनिबार वीरगञ्ज र आइतबार हेटौंडामा प्रदेश २ र ३ को भेला गरेका छन्। केहीदिनमा अन्य प्रदेशमा पनि निकटको भेला गर्ने उनीहरूले तयारी गरेका छन्। सभापतिको पछिल्लो कमदले १४ औं महाधिवेशन निष्पक्ष हुनेमा असन्तुष्ट पक्षहरूले आशंका व्यक्त गर्न थालेका छन्।

प्रकाशित: २० फाल्गुन २०७६ ०१:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App