coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

तिब्बतसँग जोडिएको गोरखाका नाकाबन्द

गोरखा - कोरोना भाइरसको संक्रमणको त्रास बढिरहेका बेला तिब्बतसँग सिमाना जोडिएको उत्तरी गोरखाको नाका भएर आउजाउमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय गोरखाले सिमाना जोडिएको चुमनुब्री गाउँपालिका र प्रहरीलाई नाका भएर सर्वसाधारणको आउजाउ बन्द गराउन अनुरोध गरेको हो।

‘गृहमन्त्रालयले कोरोना भाइरसबाट बच्न सचेतना अपनाउन भनेको छ’ प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने ‘तिब्बतसँग सिमाना जोडिएको ठाउँ भएकाले सचेतना अपनाउनका लागि  केही समय आउजाउ रोकेका हौँ।’ गोरखाको तिब्बतसँग जोडिएको छेकम्पार सामागाउँको नाका औपचारिक नाका होइन। त्यहाँबाट बाक्लो ओहोर दोहोर गर्ने, सर्वसाधारण आउजाउ निरन्तर हुँदैन। तर छेकम्पार, सामागाउँ, ल्हो, प्रोक लगायत ठाउँका मानिसहरु तिब्बत बजारमा हिउँदको सिजनमा आउजाउ गरिरहन्छन्।

सदरमुकामबाट दैनिक उपभोग्य सामग्री ढुवानी गर्न सडक सञ्जाल नभएकाले हेलिकप्टरबाट ढुवानी गर्न महँगो पर्छ। खच्चडबाट लैजाँदा पनि महँगो पर्ने भएपछि तिब्बतको बजारबाट स्थानीयले उपभोग्य सामग्री प्रयोग गर्छन। उपभोग्य सामग्री प्रयोग गर्न गोरखाको छेकम्पार भन्दा पनि सामागाउँको नाका धेरै प्रयोग हुन्छ।

उक्त नाका भएर आउजाउ गर्न सीमा प्रशासन कार्यालय सिर्दिबासले स्थानीयलाई पासको ब्यवस्था गरेको हुन्छ। उक्त पास देखाएपछि नाकाबाट तिब्बत पुगेर उत्तरी गोरखाका स्थानीयले दैनिक उपभोग्य सामग्री ल्याउने गर्छन। स्थानीयले प्रयोग गर्ने नाका भएर आउजाउ गर्दा कोरोना संक्रमण अहिले बढ्न संक्ने आशंकामा स्थानीय प्रशासनले बन्द गराएको हो।

छेकम्पार र सागाउँमा रहेको प्रहरी चौकीमा खटिएका प्रहरीले नाका भएर ओहोरदोहोर गर्न सोमवारदेखि रोक लगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। स्थानीय समुदायलाई पनि कोरोना संक्रमणबाट बच्न नाका भएर आउजाउ नगर्नु भन्ने सन्देश दिन थालिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिमसेन श्रेष्ठले बताए। ‘अहिले हिउँ बाक्लो भएकाले नाका भएर आउजाउ गर्ने क्रम कम छ तर बिस्तारै हिउँ घटेपछि आउजाउको क्रम बढ्छ।’

उनले भने। संक्रमण फैलिरहेका बेला सचेत भएर नाका बन्द गराउँदा कोरोनाको संक्रमण अत्याधिक देखिएको चिन र सँगको तिब्बतबाट हुने खतरा कम हुने उनले बताए। उत्तरी गोरखाका स्थानीय यार्सागुम्बा र जडिवुटी बिक्री गर्न पनि तिब्बतको बजार जाने गर्छन।

प्रकाशित: १९ फाल्गुन २०७६ १३:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App