coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

वन रक्षक गणेश शाहीलाई सहिद घाेषणा गर्न सिफारिस

ताप्लेजुुङ–राष्ट्रसेवक सहिद घोषणाका लागि गृह मन्त्रालयमा अनुरोध गर्ने सहितका स्थानीय प्रशासनसँगकोे ५ बुंदे सहमतिपछि चार दिन अघि हत्या गरिएका वन रक्षक गणेश शाहीका आफन्तजन शाहीको शव उठाउन तयार भएका छन्। शाहीको शव गएको आइतवारबाट जिल्ला अस्पताल ताप्लेजुङको शव गृहमा राखिएको छ।

तीनदिन लगाएर जाजरकोटबाट ताप्लेजुङ आई पुगेका मृतक शाहीका आफन्तजन र प्रशासनसहितको सरोकारवालाको बुधबारको बैठक शव उठाउने सहमतिमा पुगेको हो। सहमतिपछि बुधबार शाहीको शव पोष्र्टमार्टम गरिएको छ। सहमतिमा वन विज्ञसमेत सामेल भएको हत्या छानबिन समिति गठन गरिने, मृतकका परिवारजनलाई सरकारका तर्फबाट उचित क्षतिपूर्तिकालागि पहल गर्ने, मृतक शाहीकी श्रीमती पवित्राकुुमारी शाहीलाई वन कार्यालयमा पायक पर्ने वन कार्यालयमा जागरिकको व्यवस्था गरिने लगायतका रहेका छन्। शाहीका आफन्तजनले सामुुदायिक स्रोत सर्बेक्षणका लागि भनेर बोलाई हत्या भएकोले लिखित निवेदन दिएर काममा बोलाउने वन समूहका पदाधिकारी माथि समेत निगारानी गर्न माग गरेका छन्।

जिल्ला वन अधिकृत माधवप्रसाद देवले पनि वन उपभोक्ता समितिलाई निगारानीको घेरामा राख्नु पर्नेमा जिल्ला वन कार्यालयसहितका निकाय एकमत रहेको जनाए। उनले प्रशासनसँग यो विषयमा थप छलफल गर्न आवश्यक रहेकोे भन्दै जिल्ला वन कार्यालयले यस कार्यमा तत्परता देखाउने जानकारी दिए। शाहीका आफन्तजनले बैठक स्थलमा आक्रमण हुँदासमेत कसैले जोगाउन नसक्ने र नजोगाउने बुझेर गणेश भागेकोतर्फ संकेत गर्दै समूहबाट भाग्नुुको अर्थ त्यो समूह पूरै आफू बिरुद्ध रहने बुुझेर भाग्नुु रहने भन्दै बैठक स्थलमा भेला भएका प्रति पनि शंका भाव राख्न माग गरेका छन्। उनीहरुले सुक्ष्म अनुुसन्धान गर्न दोषी उम्कन नदिने तर्फ संवेदनशील बन्न प्रशासनको ध्यानाकृष्ट गरेका छन्।

यता यहाँका प्रमुुख जिल्ला अधिकारी नरबहादुर खड्काले प्रशासनले सुुरक्षाको उचित प्रवन्ध गर्ने आस्वाशन दिँदै दोेषीलाई कानुन अनुसार कारवाही गर्न पछि नपर्ने बताएका छन् । उनले प्रहरी र प्रशासनले घटनाको सुुक्ष्म अनुसन्धान गर्ने तर्फ ढुक्क रहन समेत आग्रह गरेका छन्। शाहीको हत्या पछि त्रसित कर्मचारीको सुरक्षाका लागि प्रशासनले सब बन्दोबस्त मिलाएको भन्दै प्रजिअ खड्काले निर्धक्क भएर काममा लाग्न कर्मचारीलाई आग्रह गरेका छन्।

खड्काले सामाजिक सञ्जालमा विभत्स तस्बिर नराख्न र थप आतंकित नगर्न समेत सबैलाई आग्रह गरेका छन्। कामको शिलशिलमामा खोक्लिङ ओइराखुु पुुगेका शाहीको टाउको छिनाई हत्या भएपछि उनको टाउकोमा समेत खुुकुरी प्रहार गरिएका बिभत्स तस्बिर सामाजिक सञ्जालमा पोष्ट हुुँदा जन जीवनमा नराम्रो प्रभाव पर्न गएकोले यस्ता तस्बिर पोष्ट नगर्न खड्काले सबैलाई आग्रह गरेका हुन्। खड्काले दोषीलाई उम्कन नदिनेमा समेत ढुक्क रहन मृतक शाहीका आफन्तलाई बिस्वस्त बनाएका छन् । सामूदायिक वनको स्रोत सर्बेक्षणका लागि आईदिन भन्दै जिल्ला वन कार्यालयमा ओइराखुु सामूदायिक वनले पत्र लेखेपछि वन कार्यालयले इलाका वन कार्यालय खोक्लिङका वन रक्षक शाहीलाई सो कार्यका लागि परिचालित गरेको थियो । वन समुहको छलफल भई रहेको अवस्थामा
 
स्थानीय सविन लिम्बुुले खुकुुरी प्रहार गरी शाहीको बिभत्स तरिकाले हत्या गरेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय,ताप्लेजुङका प्रहरी प्रमुख, डिएसपी रामबहादुर केसीले हत्याका मुख्य अभियुुक्त ठानिएका सबिनलाई पक्राउ गरी सकिएको जानकारी दिए । शाहीको घाँटीमा धारिलो हतियार प्रहार भई घाँटी र शरीर छिनेको प्रहरीले शव घटना स्थलबाट उठाएको थियो ।

जीउ भाग भेटिएकोे करिव दुई किलोमिटर तल शाहीको टाउको फेला परेको थियो । शाहीको जिउ र टाउको छिनाएपछि सबिनले उनको टाउको करिव एक–डेढ किलोमिटर सम्म बोकेर कुदाएको र टाउकोका बिभिन्न भागमा समेत खुकुुरी प्रहार गरेको अनुमान लगाएको छ । आफन्तको अनुुरोधमा शाहीको शवलाई बिहिवार काबेली नदीको पाँचथर तर्फको भागमा अन्त्येष्टी गर्ने योजना बनाईएको जिल्ला वन अधिकृत देवले जानकारी दिए ।

प्रकाशित: २० पुस २०७३ ११:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App