coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘सरकार पुस्तकमाथिको कर हटाऊ’

काठमाडौं – विगत १४ दिनदेखि पाटन दरबार परिसरमा सरकारले विदेशबाट आयात गरिने पुस्तकमा अतिरिक्त कर लगाएको विरोधमा पाठकहरू प्रदर्शन गरिरहेका छन्। मेक बुक ट्‍याक्स फ्रिले आयोजना गरिरहेको प्रदर्शनअन्तर्गत आइतबार विदेशबाट आयात हुने पुस्तकमा १० प्रतिशत कर लगाउने सरकारी नीतिविरुद्ध उनीहरू सक्रिय भएका थिए।

उनीहरूको अघिल्लो भागमा भने आर्थिक वर्ष २०७६÷०७७ मा सरकारले पुस्तकमा लगाएको करको विरोधमा ब्यानर राखिएको थियो। ‘अधिकांश विद्यार्थीहरूको आर्थिक अवस्था कमजोर छ। उच्च शिक्षासम्बन्धी पुस्तकहरू विदेशबाट आउने भएकाले सरकारले १० प्रतिशत अतिरिक्त कर लगाउँदा हामीलाई ग्राहो परेको छ,’ विरोधमा सहभागी हिमांशु घिमिरेले भने, ‘सरकारले पुस्तकमा लगाएको करका कारण हामीले कोर्स बुक पाएका छैनौं। त्यसैले पुस्तक पढेर आन्दोलन गरिरहेका छौं।’

विरोध प्रदर्शनीलाई रोचक बनाउन उनीहरू कविता वाचन, नाटक मञ्चनदेखि स्ट्यान्डअप कमेडी प्रस्तुत गरिरहेका छन्। प्रदर्शनकारी विद्यार्थीहरूका अनुसार कालोबजारी गरिरहेका छन्। ‘पुस्तक पसलेहरूले पुस्तक हामीलाई दिइरहेका छैनन्। दोब्बर तेब्बर मूल्यमा उनीहरू पुस्तक बेचेर कालोबजारी गरिरहेका छन्,’ उनले भने। बजारमा ए लेभल, विज्ञान र अंग्रेजी साहित्यका नयाँ पुस्तकहरू नपाइने गुनासो पाठकहरूले गरेका छन्।

पुस्तक प्रकाशन तथा विक्रेता संघका अध्यक्ष लिखत पाण्डे बजारमा कालोबजारी नभएको बताउँछन्। ‘कालोबजारी भएको हैन। सरकारले प्रिन्टेडमा अतिरिक्त कर लगाउन थालेपछि पुस्तकको शुल्क बढेको हो। त्यसले गर्दा व्यवसायी पुस्तक ल्याउन खासै उत्साहित देखिनन्,’ उनले भने। यसअघि निषेधित क्षेत्रमा विरोध प्रदर्शन गरेको भन्दै प्रहरीले केही विद्यार्थीहरूलाई पक्राउ गरेका थिए।

यसअघि भन्सार विभागले पुस्तकबाट चालू आर्थिक वर्षको पहिलो चार महिनामा १ करोड ४५ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो। गत साउनदेखि कात्तिकसम्म १३ करोड २१ लाख ५३ हजारको ११ लाख ४९ हजार ७ सय ४७ वटा पुस्तक ( शब्दकोष, ब्रोसर र छापिएर आएका पर्चालगायत) आयात भएको थियो। सरकारले पुस्तकबाट संकलन गरेको राजस्व गत वर्षको भन्दा १० लाख ५३ हजार बढी हो।

प्रकाशित: १९ फाल्गुन २०७६ ०४:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App