७ वैशाख २०८१ शुक्रबार
कला

अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मेला सुरु

काठमाडौं – लोकसंस्कृतिको प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय लोकसांस्कृति मेला सुरु भएको छ। शनिबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले मेलाको उद्घाटन गरेका थिए।

एभरेष्ट नेपाल कल्चरल ग्रुपले आयोजना गरेको मेलाको यो १०औं संस्करण हो। मेलाको उद्घाटनलगत्तै ब्रज कला कुञ्जका कलाकारहरूले कुमारी नृत्य प्रस्तुत गरेका थिए। मेलामा नेपालसहित बंगलादेश, बुल्गेरिया, डेनमार्क, इस्टोनिया, भारत, इजरायल, मलेसिया मेक्सिको र श्रीलंकालगायत देशका दुई सय ५० हाराहारीका कलाकारहरूले सांगीतिक प्रस्तुति दिइरहेका छन्।

‘नेपाली लोकसांस्कृति संरक्षण तथा प्रवद्र्धन गर्न आयोजना गरिएको महोत्सवमा यस वर्ष विभिन्न देशका लोकसांस्कृति नृत्यहरू प्रस्तुत भइरहेका छन्,’आयोजक एभरेष्ट नेपाल कल्चर ग्रुपका अध्यक्ष रामचन्द्र कोइरालाले भने, ‘नेपाल भ्रमण वर्ष मनाइरहेको सन्दर्भमा कोरोना भाइरसका पर्यटकहरू नआइरहेको अवस्थामा उनीहरूलाई नेपाल आउन प्रोत्साहित गर्न मेलाको आयोजना गरेका हौं।’ मेला राजधानीबाहेक ललितपुर र पोखरामा समेत आयोजना हुँदैछ। मेला आगामी फागुन २५ सम्म चल्नेछ।

प्रकाशित: १९ फाल्गुन २०७६ ०४:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App