८ वैशाख २०८१ शनिबार
समाज

द्वन्द्व कालमा हत्या गरिएका तीन नेताको सम्झनामा स्मृति गेट

शहिद स्मृति गेट शिलान्यास गर्दै प्रजातन्त्र सेनानी गंगाबहादुर शैंजू ।

खोटाङ–शसस्त्र द्वन्द्व कालमा बिद्रोही पक्षको आक्रमणबाट ज्यान गुमाएका खोटाङका तीन नेता तथा कार्यकर्ताको सम्झनामा स्मृति गेट निर्माण सुरु गरिएको छ। तत्कालीन नेकपा माओवादी कार्यकर्ताको आक्रमणबाट ज्यान गुमाएका तत्कालीन कांग्रेस जिल्ला सचिव कालुमान गुरुङ, नेर्पाका उपसभापति टंकनाथ आचार्य र शिक्षक दयराम ढकालको सम्झना र सम्मानमा कांग्रेसले सदरमुकाम दिक्तेलको अस्पताल चोकमा स्मृति गेट निर्माण सुरु गरेको हो।

सोमबार विहान दिक्तेलका ९० वर्षीय प्रजातन्त्र सेनानी गंगाबहादुर शैंजूले शिलान्यास गरे लगत्तै कालुमान–टंकनाथ–दयाराम शहिद स्मृति गेट निर्माण थालिएको हो। शहरी विकासको १ लाख ५० हजारमा निर्माण सुरु गरिएको शहिद स्मृति गेट पार्टी तथा शुभेच्छुकको सहयोगमा पूरा गरिने कांग्रेस क्षेत्र नम्बर २ का सभापति तिर्थराज भट्टराईले बताए।

बाँझेच्यानडाँडा–२ का गुरुङलाई पार्टी कार्यालयको प्रांगणमा स्ववियुको निर्वाचनका विषयमा छलफल गरिरहेको अवस्थामा २०५७ साल फागुन–१३ गते गोली हानिएको थियो। गोली लागेको केही समयपछि नै गुरुङको मृत्यु भएको थियो। नेर्पा–६ का आचार्यलाई दिक्तेलको जिल्ला अस्पताल नजिक पर्ने उजेली खोलामा २०६१ साल जेठ–२३ गते गोली हानेर हत्या गरिएको थियो। शिक्षक संघमा आवद्ध ढकालको २०५९ साल पुस–१० गते हत्या गरिएको थियो।

प्रकाशित: २० असार २०७३ ०६:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App