coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पोखरेललाई सरकार संचालन जिम्मेवारी

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण हुने भएपछि सरकार सञ्चालनमा अवरोध हुन नदिन कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पाएका छन्। बालुवाटार निकट स्रोतका अनुसार प्रधानमन्त्री नेपालमा हुँदा कसैलाई पनि कार्यवाहक दिने प्रचलन नभएकाले कार्यवाहक प्रधानमन्त्री नभनी उनलाई कार्यवाहक प्रधानमन्त्रीसरहकै जिम्मेवारी दिइएको हो। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा यो निर्णय भएको हो।

अत्यावश्यक निर्णय गर्नुपरे पोखरेलले मन्त्रिपरिषद् बैठक सञ्चालन गर्ने तथा प्रधानमन्त्री स्वस्थ हुँदै गएपछि मुख्यसचिवले प्रधानमन्त्रीलाई बैठकका अजेन्डा जानकारी गराएर मन्त्रिपरिषद्को बैठक राख्नेगरी जिम्मेवारी दिइएको स्रोतले जनाएको छ। ‘प्रधानमन्त्री स्वदेशमै भएका बेला कसैलाई पनि औपचारिक रुपमा कार्यवाहक प्रधानमन्त्री दिने चलन नभएकाले कार्यवाहक कसैलाई नभनिएको हो तर प्रधानमन्त्री नभएको बेला प्रधानमन्त्रीको काम उपप्रधानमन्त्री वा प्रधानमन्त्रीले तोकेको मन्त्रीले गर्ने कुरा स्वाभाविकै हुन्छ’, बालुवाटार स्रोतले भन्यो। संविधानमा पनि प्रधानमन्त्री बिरामी भए वा अस्पताल भर्ना भए के गर्ने भन्ने व्यवस्था छैन। मन्त्रिपरिषद्को बैठकले केही आवश्यक निर्णय गरेको बताइए पनि त्यसलाई सार्वजनिक गरिएको छैन।

प्रकाशित: १९ फाल्गुन २०७६ ०१:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App