कावासोती-नेपाली काँग्रेसका महामन्त्री डा सशांक कोइरालाले संविधान संशोधनको प्रस्तावबारेमा पुनः एक पटक दलले सोच्नुपर्ने बताएका छन्। 'संविधान जारी गर्दा संविधानसभाका ९० प्रतिशत सभासद्ले सहमति जनाएका थियौँ त्यत्ति बेला पनि सबै दल मिलेर जानुपर्छ भन्ने नै थियो, उनले भने, “जनताको भावनामा खेलवाड गर्नु हुँदैन ।”
नवलपरासीको गैँडाकोट नगरपालिकाको तेस्रो नगरपरिषद्को उद्घाटन समारोहमा बुधबार उनले राजनीतिक स्थिरताका लागि वार्ता नै समस्याको समाधान भएको बताए।
तीन तहको निर्वाचन गराउँदा मात्र संविधानको कार्यान्वयन हुने भएकाले चुनावमा केन्द्रित हुन आवश्यक भएको उनले औँल्याए।
नवलपरासी क्षेत्र नं १ को विकासका लागि गैँडाकोटदेखि कोटथर बुलिङटार हुँदै दलदले निस्कने चक्रपथ र गैँडाकोट नगरभित्रको चक्रपथ निर्माणमा लागि परेको समेत उनले बताए।
अत्याधिक दुर्घटना हुने भएकाले जिल्लामा एउटा राम्रो अस्पताल बनाउन समेत आवश्यक छ डा कोइरालाले भने, “यहाँ बिपी कोइरालाको नाउँमा अन्तर्राष्ट्रियस्तरको खेल मैदान बनाउने सोचमा छु ।” उनले विकासका प्राथमिकताका लागि आवद्यिक योजना बनाएर सबै नगरपालिका र जिल्ला विकास समितिले काम गर्नुपर्ने विचार व्यक्त गरे। रासस
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...
हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...
सिद्धार्थ बैंकले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा पचहत्तर लाख रुपैया सम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने...
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले पदयात्रा व्यवसायलाई मर्यादित तथा सुरक्षित बनाउन र पदयात्रामा गएका पर्यटकको तथ्यांक राख्न पदयात्रा...
कुमारी बैंकले नगदरहित कारोबारको अवधारणालाई अघि बढाउन तथा नविनतम प्रविधिको प्रयोग प्रोत्साहित गर्न विभिन्न योजना ल्याएको छ । ...
स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...
नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धि सिद्धि सिमेन्ट १०औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरेको छ । ...
यसमा तपाईको मत